आम हडतालको पुर्वसन्ध्यामा बेनीमा मशाल जुलुस पदर्शन (भिडियाे सहित)

  • २१ माघ २०७७, बुधबार
  • 2911 पटक पढिएको

म्याग्दी २१ माघ । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको आम हड्तालको पूर्व सन्ध्यामा बेनीमा मशाल जुलुस पदर्शन भएको छ । नेकपाका युवा विद्यार्थीहरुको नेतृत्वमा बेनीमा बन्दको आह्वान सहित मसाल जुलुस पदर्शन गरेका हुन् । बेनीको क्याम्पसचोकबाट निकालेको मसाल जुलुसले हुलाकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

मशाल जुलुसलाई प्रहरीले हस्तक्षपको प्रयास गरेका थिए । हुलाकचोकमा आयोजित कोण सभामा नेकपाका युवा नेता कृष्णकुमार विश्वकर्मा र नगेन्द्र केसीले ओलीको असंवैधानिक कदमले सिमा नाग्दै गएको कारण बन्द आह्वान गर्नुपरेको बताउनुभयो । युवानेताद्धय विश्वकर्मा र केसीले मुलुकमा बर्षौ लामो संघर्ष, बलिदानी र त्यागबाट प्राप्त उपलब्धीहरुलाई प्रधानमन्त्री ओलीले मास्न लागीपरेकाले प्रधानमन्त्रीको प्रतिगामि कदमहरुलाई आन्दोलनको बलबाट परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याई र निरंकुशतन्त्रको पराकाष्ट भएकाले त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको बताउनुभएको थियो । आमड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने जनाईएको छ ।

????????????????????????????????????