महिला उद्यम विकास समितिको अध्यक्षमा लक्ष्मी भण्डारी चयन

  • १८ माघ २०७७, आईतवार
  • 1258 पटक पढिएको

म्याग्दी १७ मााघ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेेेेकाेे महिला उद्यमी विकास समितिको ८ औँ साधारण सभा तथा ६ औँ अधिवेशन सम्पन्न भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको छ ।     महिला उद्यम विकास समितिको अध्यक्ष लक्ष्मी कुुमारी भण्डारी कार्की, बरिष्ठ उपाध्यक्ष अम्बिका श्रेष्ठ, प्रथम उपाध्यक्षमा बिष्णु गरुङ, दिप्तीय उपाध्यक्षमा सृजना भट्टचन, महासचिवमा जानकी विश्वकर्मा, कोषाध्यक्षमा दिलु घताने, सचिवमा प्रमिला श्रेष्ठ, सहसचिवमा गिता शर्मा, सहकोषाध्यक्षमा राधिका सापकोटा निर्वाचित हुनुभएको छ ।
साधारणसभाको उद्घाटन गर्नु हुदै बेनी नगरपालिका उप प्रमुख सन्जु बरुवालले महिलाको समग्र विकासको लागि महिलाहरुलाई आर्थिंक बजारसंग जोड्नु पर्ने बताईन । महिलाहरुलाई आय आर्जनसंग जोड्न महिला उघम समितिले रचनात्मक कार्यक्रम लिएर अगाडि बढ्नु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा उघोग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी लगायतले बोल्नुभएको थियो ।
समितिको अध्यक्ष सुनिता केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव बिष्णुकुमारी गुरुङलेे गर्नुुभएकाेे थियाेे ।