म्याग्दी समाचार

बेनीमा आँखा उपचार केन्द्र संचालन

म्याग्दी, १५ साउन । सदरमुकाम बेनीस्थित क्याम्पसचोकमा आँखा उपचार केन्द्र संचालन भएको छ । नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा म्याग्दीद्वारा आँखा उपचार केन्द्र सोमबारदेखि संचालनमा लिएको हो । हिमालय आखाँ अस्पताल पोखराको प्राविधिक सहयोगमा स्थापना गरिएको आखाँ उपचार केन्द्रको शुभारम्भ नेत्र ज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाँले गरेका थिए... पुरा पढ्नुहोस

बेनी नगरपालिकाद्धारा बाढी पहिरोबाट प्रभावितलाई राहत वितरण

म्याग्दी, १४ साउन । बेनी नगरपालिकाले असार र साउनमा अविरल बर्षासंगै आएको बाढी पहिरोबाट प्रभावित  घरपरिवारलाई १० लाख ७ हजार रुपैया  राहत वितरण गरेको छ । नगरपालिकाले बाढी,पहिरोबाट प्रभावित परिवारको क्षतिको मुुल्याकंन गरेर राहत वितरण गरेको हो । नगरपालिकाभित्र मंगलघाटमा रहेका पुलिस चौकीसहित २० घर पुर्ण क्षति, १९ घरहरुमा आँशिक... पुरा पढ्नुहोस

म्याग्दीको ६ स्थानीय तहमा साढे १० करोड बेरुजु

म्याग्दी, १४ साउन । महालेखा परीक्षकको प्रतिवेदन अनुसार म्याग्दीको ६ स्थानीय तहमा साढे १० करोड बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५७ औँ प्रतिवेदनमा आर्थिक बर्ष २०७५/०७६ मा म्याग्दीको ६ वटा पालिकामा १० करोड ५० लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको हो । महालेखाको तथ्याकं अनुसार बेनी नगरपालिकामा ३ करोड... पुरा पढ्नुहोस

अब्यवस्थित सडकले म्याग्दीमा जनधनको क्षति बढ्दो

धिरन खत्री /म्याग्दी, १३ साउन । ग्रामिण भेगका जनतालाई सुविधा पु¥याउने उद्देश्यले खनिएको सडक अब्यवस्थित र असुरक्षित हुँदा पछिल्लो समय जनधनको क्षति बढ्दो छ । अब्यवस्थित रुपमा खोलिएका सडकमा स्तरोन्नतीमा ढिलासुस्ती र ब्यवस्थित नालीहरु निर्माण नगर्दा ग्रामिण भेगका बासीहरु जनधनको जोखिममा परेका छन् । सडक स्तरोन्नती योजना कार्यान्वयनको अवस्थामा वातावरणीय... पुरा पढ्नुहोस

पहिरो प्रभावित बस्ति मराङमा नेकपाको भातृ संगठनको श्रमशिविर

  म्याग्दी, १२ साउन । असार २५ गतेको पहिरोबाट अति प्रभावित म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका विभिन्न बस्तिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भातृ संगठनले श्रमशिविर सन्चालन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयू म्याग्दीले पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरुको अस्थाई बसोबासका लागि टहरा बनाउने, पहिरोले अवरुद्ध बनाएको घोरेटोबाटो... पुरा पढ्नुहोस

हेलिकप्टरमार्फत ट्रान्सफर्मर, राहत सामग्री ढुवानी र घाइतेको उद्दार

  म्याग्दी, ११ साउन । सडक सम्पर्क बिच्छेद भएका म्याग्दीको पहिरो प्रभावित क्षेत्रमा सिम्रिक एयरको हेलिकप्टरबाट ट्रान्सफर्मर र राहत सामग्री ढुवानीका साथै घाइतेको उद्दार गरिएको छ । मंगला गाउपालिका–५ कुरसिम्लामा ट्रान्सफर्मर, अन्नपूर्ण गाउपालिका–३ काभ्रे र वडा न. ४ कोप्चेपानीमा खाद्यान्न ढुवानी गर्न गएको हेलिले पहिरोमा पुरिएर घाइते भएका नारच्याङका एक... पुरा पढ्नुहोस

रेडक्रसको बेग उपशाखाद्धारा बाढी पहिरो पिडितलाई सहयोग

म्याग्दी, ११ साउन । नेपाल रेडक्रस सोसाइटी बेगखोला उपशाखाले म्याग्दीको विभिन्न ठाउँका पहिरो पिडितहरुको लागि आर्थिक सहयोग गरेको छ ।जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी मार्फत जिल्ला विपद् ब्यवस्थापन समितिलाई आइतबार ७२ हजार २७७ रुपैयाँ उपलब्ध गराएका हुन् । उपशाको नेतृत्वमा रघुगंगा गाउपालिका–१ बेगखोलामा घरदैलो गरेर नगद संकलन गरिएको उपशाखाका... पुरा पढ्नुहोस

गलेश्वरमा बेलीब्रिज पुललाई मर्मत गर्न जनश्रमदानको भिड

म्याग्दी, १० साउन । म्याग्दीस्थित गलेश्वरमा रहेको बेलिव्रिजलाई मर्मत गरी अवरुद्ध सडक खुलाउन जनश्रमदानको भिड भएको छ । जिल्ल्लाका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकता, कर्मचारी र सुरक्षा कर्मीहरु शनिबार भत्किएको बेलिव्रिज पुललाई मर्मत गर्न श्रमदानमा खटिएका हुन् । बाढीले रघुगंगा गाउँपालिका तर्फको विम भत्काउदाँ सिधा यातायात सेवा अवरुद्ध भएको... पुरा पढ्नुहोस

श्रमदानबाट गुर्जामा आन्तरिक मोटरबाटो खन्दै

म्याग्दी, १० साउन । धौलागिरि गाउँपालिका–१ गुर्जामा फुसर्दको समयमा स्थानियले जनश्रमदानबाट आन्तरिक रुपमा संचालन हुने मोटरबाटो खन्दै छन् । आन्तरिक रुपमा आवश्यक सेवाका लागि फुर्सदको समयलाई सदुपयोग गर्दै दुईसय घरधुरी रहेको गुर्जाबासी मिलेर करिव १० दिनको श्रमदानबाट आन्तरिक मोटरबाटो खन्न लागिएको वडानम्वर १ गुर्जाका वडा अध्यक्ष झक छन्त्यालले बताए ।... पुरा पढ्नुहोस

राखु भगवतीस्थित कटुवालटोल पहिरोको जोखिममा

म्याग्दी, १० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीस्थित कटुवालटोल बस्ती पहिरो जोखिममा परेको छ । करिव ५० घरधुरीको बसोबास रहेको कटुवाल र हटिया गाउँलाई असर गर्दै खानपानीस्थितको जमिन चक्नाचक्ना पर्ने र पहिरो बगेपछि बस्ती जोखिममा परेको हो । अविरल बर्षासंगै घरवरिपरिको भिरालो जमिन चिराचिरा पर्दा, दिनदिनै बस्तीमुनी जमिन... पुरा पढ्नुहोस