म्याग्दी समाचार
म्याग्दीमा थप ११ जनमा कोरोना संक्रमण, ६३ जना निको भएर आइसोलेसन मुक्त
- 4 बर्ष, 6 महिना अगाडि
- १४ जेष्ठ २०७८, शुक्रबार
म्याग्दी १४ जेठ । म्याग्दीमा शुक्रवार थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। आज पुष्टि भएकामा मंगला गाँउपालिकामा ६ जना (पिसिआर बिधिबाट) पुष्टि भएको हो । त्यसैगरि बेनी नगरपालिकाका १ जना, मालिका गाँउपालिकामा १ जना , धौलागिरी गाउँपालिकाका ३ जना गरी ५ जना(एन्टीजेन विधिबाट) गरी जम्मा ११ जनामा संक्रमण... पुरा पढ्नुहोस
खिबाङमा पदमार्ग निर्माण
- 4 बर्ष, 6 महिना अगाडि
- १४ जेष्ठ २०७८, शुक्रबार
म्याग्दी १४ जेठ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको खिबाङमा पदमार्ग निर्माण भएको छ । बिट्रीस वेलफेयर एसोसिएसन (कादुरी) संस्थाको आर्थिक सहयोगमा स्थानीयबासीले दुई महिना लगाएर पदमार्ग निर्माण गरेका हुन् । खिबाङको खाम्ला हुँदै चन्द्रज्योति मावितर्फ जाने बाटोमा अप्ठ्यारो र साँघुरो रहेको भिरमा सिढीँ चिनेर पदमार्ग बनाईएको छ । हाकुजो भिरमा... पुरा पढ्नुहोस
शिक्षक, स्थानीय तह र राजनीतिक दलहरुलाई अखिल (क्रान्तिकारी)को यस्तो अपील
- 4 बर्ष, 6 महिना अगाडि
- १४ जेष्ठ २०७८, शुक्रबार
म्याग्दी १४ जेठ । कोरोना महामारीको समयमा विद्यार्थीहरु सिकाईबाट वन्चित भएको अवस्थामा बैकल्पिक माध्ययम मार्फत सिकाई सहजिकरण कार्यलाई प्रभाबकारी बनाउन आग्रह गरिएको छ । अखिल (क्रान्तिकारी) म्याग्दीले एक अपील जारी गर्दै शिक्षकहरु, स्थानीय तह र राजनीतिक दलहरुलाई महामारीको समयमा बालबालिकाहरुमा मनोबैज्ञानिक असर र प्रभाबहरु देखिन थालेको भन्दै बैकल्पिक सिकाईलाई प्रभाबकारी... पुरा पढ्नुहोस
प्रेस यूनियन म्याग्दीले बालगृहका बालबालिकालाई सहयोग
- 4 बर्ष, 6 महिना अगाडि
- १४ जेष्ठ २०७८, शुक्रबार
म्याग्दी १४ जेठ । नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवस अवसरमा प्रेस यूनियन म्याग्दीले नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहका बालबालिकालाई स्वास्थ्य साम्रागी र पौष्टिक खानेकुरा वितरण गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी बालगृहमा रहेका बालबालिकालाई स्वास्थ्यका लागि महत्वपूर्ण प्रोटिन र चेबनप्रस, १५ प्याक मास्क, सेनिटाइजर, एक... पुरा पढ्नुहोस
म्याग्दीमा थप ७४ जनामा कोरोना संक्रमणको पुष्टि
- 4 बर्ष, 6 महिना अगाडि
- १३ जेष्ठ २०७८, बिहीबार
म्याग्दी,१३ जेठ । म्याग्दीमा विहिबार थप ७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा १३जना , मालिका गाँउपालिकामा ३जना , अन्नपुर्ण गाँउपालिकामा २ जना , मंगला गाँउपालिकामा ३०, धौलागिरी गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा ३ जना र जलजला गाउँपालिकाका १जना गरी ५३ जना (पिसिआर बिधिबाट)... पुरा पढ्नुहोस
म्याग्दी जेसीजद्धारा भर्चुअल माध्ययमबाट कोरोना रोकथामको अवस्थाबारे अन्तक्र्रिया
- 4 बर्ष, 6 महिना अगाडि
- १३ जेष्ठ २०७८, बिहीबार
म्याग्दी १२ जेठ । म्याग्दीमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि सरकारी निकाय, स्थानीय तह, सरोकारवाला लगायतको भूमिका रचनात्मक रहेकोमा जोड दिईएको छ । कोरोना भाइरसको दोस्रो लहरको जोखिमको अबस्था र रोकथाम तथा नियनत्रणको बिषयमा म्याग्दी जेसीले स्थापना दिवसको अवसरमा आयोजना गरेको ‘कोभिड–१९ र म्याग्दीको अबस्था’ बिषयक भर्चुअल अन्तक्र्रिया... पुरा पढ्नुहोस
अन्नपूर्णको कोभिड अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी पुनको सहयोग
- 4 बर्ष, 6 महिना अगाडि
- १३ जेष्ठ २०७८, बिहीबार
बेनी, १३ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गरेको कोरोना अस्पताललाई घोडेपानीकी होटल ब्यवसायी मिना पुनले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । घोडेपानीको सुपर भ्यू होटलकी सञ्चालक पुनले कोरोना अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने पचास हजार रुपैयाँ मूल्य बराबरको सामग्री सहयोग गर्नुभएको हो । पल्स अक्सिमिटर, स्यानीटाइजर, मास्क,... पुरा पढ्नुहोस
लाली गुराँसले रंगिएका, लकडाउनले एक्लिएका जंगल (फाेटाे कथा)
- 4 बर्ष, 6 महिना अगाडि
- १२ जेष्ठ २०७८, बुधबार
म्याग्दी १२ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको जंगलमा रंगिएको लाली गुराँस । बेनी–मौवाफाँट–दग्नाम–दर्मिजा हुँदे चिमखोला जाने सडक छेउका जंगलमा लाली गुराँसका बोट रंङ्गिविरङ्गी फूलहरुले रङ्गिएका छन् । राताम्मे लाली गुराँसका बोट र पृष्ठभुमिमा देखिने धौलागिरि हिमालको दृष्य निकै मनमोहक देखिन्छ । विगतका बर्षहरुमा लाली गुराँस संग मितेरी गास्न आन्तरिक... पुरा पढ्नुहोस
म्याग्दीमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि
- 4 बर्ष, 6 महिना अगाडि
- १२ जेष्ठ २०७८, बुधबार
म्याग्दी १२ जेठ । म्याग्दीमा बुधवार थप १५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि भएकामा बेनि नगरपालिकामा ९४ जना , मालिका गाँउपालिकामा १ जना, अन्नपुर्ण गाँउपालिकामा ४ जना , मंगला गाँउपालिकामा ४ जना, धौलागिरी गाँउपालिकामा ३ जना , रघुगंगा गाँउपालिकामा ७ जना र जलजला गाउँपालिकाका ८ जना... पुरा पढ्नुहोस
काठमाडौमा रहेका धौलागिरीबासीले पठाए स्वास्थ्य सुरक्षा सामग्री
- 4 बर्ष, 6 महिना अगाडि
- १२ जेष्ठ २०७८, बुधबार
बेनी, ११ जेठ । काठमाडौमा रहेका धवलागिरीका बासिन्दाहरुले गृहजिल्लामा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि करिब रु. पाँच लाख मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री पठाएका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि अग्रपंतीमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारीहरुका लागि चन्दा संकलन गरेर सामग्री खरिद गरि पठाएका... पुरा पढ्नुहोस