एमसीसी फिर्ता गर्नुपर्छ : नेता टेकबहादुर विक

  • २ आश्विन २०७८, शनिबार
  • 674 पटक पढिएको

 

 

म्याग्दी, २ असोज । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर विकले नेपालीको राष्ट्र र राष्ट्रियता बचाउनका लागि एमसीसी पास रोक्नुपर्ने बताए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )को बेनीमा आयोजित १७ औँ जिल्ला सम्मेलनमा बोल्दै युवा नेता विकले गठनबन्धन सरकारले यही अवस्थामा जस्ताको जस्तै एमसीसी पास गर्न खोजेमा सबै मिलेर फिर्ताका लागि दवावको आन्दोलन गनुपर्ने बताए ।

नेता विकले एमसीसी जस्ताको जस्तै पास गरेमा नेपालको राष्ट्रियता गुम्ने निश्चित रहेको बताए । सरकारले अहिलेकै अवस्थामा अमेरिकी सहयोग परियोजनाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई पास गराउन नेकपा माओवादी केन्द्रले समर्थन गरेमा पाटीका शिषर् नेताको विरुद्धमा आन्दोलन गर्ने चेतावानी दिए ।

नेकपा माओवादी केन्द्रले एमसीसी भित्र रहेका आपत्तिजनक बुदाहरु नहटाएसम्म नेपाल सरकारबाट पास नहुने बतादै अमेरिकाले थप प्रष्ट पारेपछि र संशोधन गरेपछि  विकल्पमा सोच्न सकिने विद्यार्थीमाझँ प्रष्ट गराए । एमसीसी पास रोक्न देशभर आन्दोलन खाचो छ ।

नेता विकले संविधान, संघियता, गणतन्त्र र समावेशी लगायतको उपलब्धीलाई बचाउन गठबन्धन सरकारले स्थानीय, प्रदेश र संघको चुनाव गराउनु पर्ने बताए । जिल्ला जिल्लाबाट विद्यार्थी देखि हरेक तहका पाटीका संगठनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गर्दै दवाव सिर्जना आवश्यक रहेको बताए । गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले राजनीति पहुचँवाला नेताहरुको नभएको बताउदै सिद्धान्त र विचारको राजनीति केन्द्रित हुन विद्यार्थीलाई आग्रह गरेका थिए । संगठनले शिक्षा क्षेत्रभित्र रहेको विकृति र समस्या हटाउन र गुणस्तर शिक्षा निर्माणका लागि दवाब सिर्जना गर्न विद्यार्थीहरुको भुमिका महत्वपुणर् हुने बताए ।

त्यस्तै अखिल क्रान्तिकारी केन्द्रिय सचिव प्रविण अधिकारीले शिक्षाभित्र थापिएका महंगा शैक्षिक संस्थाहरुको विरुद्ध आन्दोलन गरिरहन विद्यार्थीहरुलाई आग्रह गरिन् । एकीकृत अखिल नेपाल शिक्षक संघ गण्डकी प्रदेश संयोजक सोमनाथ ढुगांनाले संघिय शिक्षा ऐन निर्माण गर्नमा विद्यार्थीहरुले दवाव सिर्जना गर्न आग्रह गरे । जिल्ला संयोजक रेशम केसीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारी म्याग्दीका पुर्व अध्यक्ष एवम् वाईसिएल जिल्ला संयोजक सन्दिप खत्री, अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य ज्योती लामिछाने, एकीकृत अखिल नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष होमनाथ पाण्डेले शुभकामना मन्तव्य राखेका थिए ।