म्याग्दी समाचार

अभिभावकविहिन अभिषेक परियारलाई सहयोगको खाँचो

म्याग्दी, २२ जेठ । अभिभावक विहिन रघुगंगा गाउँपालिका–२ राखुभगवती स्थित ठाटीथरका अभिषेक परियारलाई गास र बासको समस्या भएको छ । १५ बर्षका अभिषेक परियारको बाआमा सम्पर्कविहिन र बस्ने घर भत्केको कारण सानै उमेरमा अभिभावकविहिनले गासबासको समस्यामा परेका छन् । आफन्तको राम्रो भरथेक नहुँदा अभिषेकलाई ठुलोबाबाको घरमा चरण लिएर पकाएर खाने... पुरा पढ्नुहोस

मालिका गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

म्याग्दी, २२ जेठ। म्याग्दीको मालिका गाउँपालिकालाइ काठमाडौं स्थित माउण्ट हर्ट नेपालले १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको हो । विश्वभर महमारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण र बिरामीको उपचारका लागि सामाग्री गाउँपालिकालाई... पुरा पढ्नुहोस

शुक्रबार ३८ जना कोरोना संक्रमण थपिए

बेनी, २१ जेठ । म्याग्दीमा शुक्रबार ३८ जनामा कोरोना संक्रमित थपिएका छन् । पिसिआर विधिबाट गरिएको परिक्षणमा बेनी नगरपालिकामा ८ जना, रघुगंगामा १ जना, मंगलामा १ जना र जलजलामा २ जना गरी १२ जना संक्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा सबभन्दा बढी रघुगंगा गाउँपालिकामा देखिएको छ ।... पुरा पढ्नुहोस

विहिबार ४६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २० जेठ । म्याग्दीमा विहिबार ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अुनसार पीसिआर विधिबाट ३८ एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ जना गरी ४६ जना संक्रमित थपिएका हुन् । पिसिआर विधिबाट परिक्षण गर्दा बेनी नगरपालिकामा ३७ जना र जलजला गाउँपालिकामा १ जना गरी ३८ जना संक्रमित थपिएका... पुरा पढ्नुहोस

पत्रकार महासंघ म्याग्दीको “आपतकालिन कोष”

  म्याग्दी, १९ जेठ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले “आपतकालीन कोष” स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनी स्थित महासंघको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारहरुलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको हो । स्थापना भएकै दिन बैठकमा सहभागी... पुरा पढ्नुहोस

३४ जनामा कोरोना संक्रमण पुष्टि

  म्याग्दीमा बुधबार ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पिसिआर विधिबाट ९ जना र एन्टीजेन विधिबाट गरिएको परिक्षणबाट २५ जना गरी ३४ जनामा सङ्क्रमित पुष्टि भएका हुन् । पिसिआर विधिबाट गरिएको परिक्षणमा बेनी नगरपालिकामा ३ जना, मालिकामा १ जना , अन्नपूर्णमा २ जना, रघुगंगामा ३ जना गरी ९जनामा संक्रमण... पुरा पढ्नुहोस

राखु समाज युकेद्धारा कोरोना रोकथाम र उपचारमा ८ लाख ३८ हजार बराबरको सहयोग

म्याग्दी १८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा फैलिएको काेरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सघाउन युकेमा रहेका राखुबासीले रु ८ लाख ३८ हजार बढीको सहयोग गरेका छन् । युकेमा रहेका रघुगंगा गाउँपालिका–२ भगवती र वडा नम्बर ३ पिप्लेका बासिन्दाहरुको साझा संस्था राखु समाज युकेको पहलमा रघुगंगा गाउँपालिकामा रु... पुरा पढ्नुहोस

म्याग्दीमा ३१ जना कोरोना संक्रमित पुष्टि

म्याग्दी, १८ जेठ । म्याग्दीमा ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। मंगलबार पिसिआर विधिबाट १८ जना र एन्टीजेन विधिबाट १३ जनामा कोरोना पुष्टि भएको हो । पिसिरआर विधिबाट बेनी नगरपालिकामा ९ जना, गाउँपालिका अन्तरगत मालिकामा १ जना , अन्नपूर्णमा ४ जना, मंगलामा २ जना, धवलागिरीमा १ जना र पर्वतको... पुरा पढ्नुहोस

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय

काठमाडौं १८ जेठ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय... पुरा पढ्नुहोस

राखु समाज अष्ट्रेलियाद्धारा स्वास्थ्य सामाग्री सहयोग

म्याग्दी १७ जेठ । अष्टेलियामा रहेका म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती र ३ पिप्लेका बासिन्दाहरुको संस्था राखु समाज अष्ट्रेलियाले कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा सघाउन स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । पहिलो चरणमा वडा नम्बर २ भगवती र ३ वडा पिप्लेका स्वास्थ्य चौकीहरुमा आउने विरामीहरुको उपचारलाई मध्यनजर गर्दै एक/एक थान... पुरा पढ्नुहोस