काँग्रेसमा धनबाद र डनबाद अन्त्य गर्न नगरसभापतिमा उम्मेदवार बनेको छुः युवा नेता विक्रम बोगटी (भिडियाे)

  • ६ आश्विन २०७८, बुधबार
  • 843 पटक पढिएको

म्याग्दी ६ असोज । नेपाली काँग्रेसको बेनी नगरसभापति पदमा उम्मेदवार घोषणा गर्दै युवा नेता विक्रम बोगटी । विद्यार्थी राजनीतिदेखि नै शसक्त रुपमा काँग्रेसमा लाग्नुभएका बोगटीले पार्टीमा मौलाउँदो धनबाद र डनबादको अन्त्य गरि मुल्य, मान्यता, बिचार, इमान र निष्ठाको राजनीतिका लागि उम्मेदवारी दिएको बताउनुभएको छ ।

उहाँले काँग्रेसमा धनबाद र डनबादको भ्रम छर्नेहरु बढ्दै गएको भन्दै मुल्य, मान्यता, इमान र निष्ठाको राजनीतिलाई स्थापित गराउन आफ्नो समूहले उम्मेदवार तय गरेको बताउनुभयो । ‘‘के काँग्रेसमा निष्ठा हराएको हो? हिजोआजा यो धनबाद र डनबादको प्रवृति मौलाएको छ, सामान्य परिवारको मान्छे पार्टीको नेतृत्वमान पुग्नै सक्दैनन् ? यो गम्भिर प्रश्न पार्टीमा देखिएको छ, हामीले नेता, कार्यकर्ता हुँदै जनतालाई समेत काँग्रेस सबैको पार्टी हो भनेर चिनाउन जरुरी भैसकेको छ, नगरमा मेरो नेतृत्वको बिजयीले त्यो सम्भव गराउने विश्वास लिएको छु’’ उहाँले भन्नुभयो ।