कहिले फर्किएला ‘रुप्सेको रुपौला रुप’ (फोटो कथा)

  • ५ आश्विन २०७८, मंगलवार
  • 812 पटक पढिएको

म्याग्दी ५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरना । अन्धगल्छी नजिक रहेको यो झरना गत बर्ष आएको बाढी कारण रुप विहिन बनेको छ ।

झरनामा आएको भिषण बाढीले झरनामा बनाइएका भ्यू पोइन्ट, पदमार्ग लगायतका भौतिक पूर्वाधार र झरनाको दायाँ बायाँको हरियाली पाखो बगाएर कुरुप बनाएको थियो । बेनी–जोमसोम सडकखण्डमा पर्ने यो झरनालाई पुनः सौन्दर्यकरण गर्न स्थानीय सरकारले प्रयास थालेको छ । रुप्से पर्यटकहरुका लागि सहज र आकर्षक पर्यटकीय गन्तव्य हो । तस्बिर : इश्वर खत्री