म्याग्दी समाचार

नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

म्याग्दी ३ माघ । नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दीले प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानालाई ज्ञापन पत्र बुझाएको छ । ‘संविधान कानूनको कार्यान्वयन सहित दलित अधिकारको सम्बोधन, जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि राष्ट्रिय आन्दोलन’ कार्यक्रम अनुसार मुक्ति समाजले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई २०... पुरा पढ्नुहोस

४९ बर्षिया सुकलालले घरमै नागरिकता पाए

  म्याग्दी, ३ माघ । जन्मजात अपाङ्गताको समस्यामा रहेका अन्नपूर्ण गाउँपालिका–७,हिस्तान औलका सुकलाल गर्बुजालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिएको छ । परिवारको सहायतामा समेत यताउता गर्न नसक्ने सधै ओछ्यानमै रहने अपाङ्ग ब्यक्ति ४९ बर्षिय गर्बुजालाई प्रजिअ चिरञ्जीवि रानाले घरमै गएर गर्बुजालाई नागरिकता उपलब्ध गराएका हुन् । विसं २०२९ सालमा... पुरा पढ्नुहोस

गण्डकी प्रदेशका ११ वटै जिल्लाका घरेलु कार्यालयमा पर्यटन शाखा रहने

बागलुङ ३ माघ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन शाखा (एकाइ) रहने भएको छ । बागलुङ पर्यटन विकास समितिका पदाधिकारीसँगको छलफलमा प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले सो को जानकारी दिनुभएको हो । उहाँले मन्त्रालयले सङ्गठन तथा कर्मचारी व्यवस्थापन... पुरा पढ्नुहोस

सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटियो

म्याग्दी २ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो ।       स्थानीयवासी दुर्गाबहादुर केसीले सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २०... पुरा पढ्नुहोस

बेनीमा योग दिबस मनाइयो

बेनी, १ माघ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा शनिबार बेनीमा सातौ राष्ट्रिय योग दिबस मनाइएको छ । केन्द्रको योग भवनमा भएको कार्यक्रमका गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसीले मानसिक र शारिरिक स्वास्थ्यका लागि योग उपयोगी हुने बताउनुभयो । “नेपाली समाजको परम्परा, रितिरिवाज र रहनसँग पनि योगको सम्बन्ध छ,” उहाँले... पुरा पढ्नुहोस

बागलुङमा नर्सिङ सेवासहितको वृद्धाश्रम

बागलुङ १ माघ । बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा नर्सिङ सेवासहितको अत्याधुनिक वृद्धाश्रम निर्माण सुरु भएको छ । मानवसेवा आश्रम भवन नजिकै निर्माण गर्न थालिएको सुविधा सम्पन्न वृद्धाश्रमको शिलान्यास शिलान्यास बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले गर्नुभयो । आगामी असार मसान्तसम्म निर्माण सक्नेगरी जुम्ली निर्माण सेवासँग रु दुई करोड ५७ लाख ९०... पुरा पढ्नुहोस

गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको अध्यक्षमा पुन चयन

म्याग्दी ३० पुस । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा रहेको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम संचालक समितिको अध्यक्षमा बम बहादुुर पुन चयन हुनुभएको छ । शुक्रबार सम्पन्न आश्रमको १० औँ कार्यकारी सभा तथा चौँथो अधिवेशनबाट पुनको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन भएको हो । आश्रम संचालक समितिको उपाध्यक्षमा टिकानन्द सुवेदी,... पुरा पढ्नुहोस

बेनी अस्पताल निर्माणका ठेकेदार आठ महिनापछि काममा फर्किए

म्याग्दी, ३० पुस । बेनी अस्पतालको निर्माणाधीन पचास शय्या क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन् । गत वैशाख महिनादेखि रोकिएको भवनको निर्माण कार्य अलपत्र परेको विषयमा राससबाट गत मङ्सिरमा समाचार सार्वजनिक भएको थियो । सम्बन्धित कार्यालयले कारबाही प्रक्रिया अघि बढाउनाका साथै नागरिक समाज, राजनीतिक पदाधिकारी , प्रशासनिक क्षेत्र... पुरा पढ्नुहोस

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि ज्ञानोदय मावि १० दिनका लागि बन्द

म्याग्दी ३० पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि शुक्रवार विद्यालयका शिक्षक सहित विद्यालय कर्मचारीको कोरोना परिक्षण गरिएको थियो । उक्त परिक्षणमा थप एक... पुरा पढ्नुहोस

गाउँका पुराना घर ( तस्बीर)

बेनी, ३० पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा ढुंगाले छाएर बनाएका परम्परागत घरहरु । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस