बेनीमा ‘सकारात्मक सोच र तनाव व्यवस्थापन’ सम्वन्धी कार्यक्रम

  • १२ फाल्गुन २०७८, बिहीबार
  • 943 पटक पढिएको

म्याग्दी, १२ फागुन । म्याग्दी जेसिजको आयोजनामा विहिबार बेनीमा ‘सकारात्मक सोच र तनाव व्यवस्थापन’ सम्वन्धी कार्यक्रम गरिएको छ । ब्रह्मा कुमारी इश्वरीय विश्व विद्यालय म्याग्दीको समन्वयमा बेनीस्थित शिखर होटलमा अन्तर्राष्ट्रिय मोटिभेसन ट्रेनर ब्रह्माकुमारी रमण भट्टराईले जेसिजका पदाधिकारी एवम् सदस्यहरु, शिक्षकशिक्षिका, विद्यार्थी लगायतलाई ‘सकारात्मक सोच र तनाव व्यवस्थापन’ सम्वन्धि प्रशिक्षण गराउनुभएको हो ।


कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेसन ट्रेनर भट्टराईले जीवन जिउने कला र त्यसका आधारहरु, जीवनलाई सुखी र खुसी बनाउने र तनाव मुक्त जीवन बनाउने विषयहरुमा उत्प्रेरणा जगाउने प्रशिक्षण गराएर सहभागिहरुलाई आनन्द दिलाउनुभएको थियो । उहाँले तनाव मुक्त जीवन बनाउन एकान्तमा मजाले नाच्ने, लामो श्वास लिने, छिट्टै सुत्ने, शारिरिक सन्तुलनमा ध्यान दिने, विगतको राम्रो समयलाई मात्र सोच्ने, मुस्कुराउने लगायतको गतिविधिलाई निरन्तरता दिन प्रशिक्षक भट्टराईले उपस्थितलाई आग्रह गर्नुभएको थियो ।


म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता भएको कार्यक्रममा ब्रह्माकुमारी इश्वरी विश्वविद्यालय म्याग्दीकी प्रमुख सञ्चालिका रिना दिदी, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले सकारात्मक सोचबाट तनाव रहित जीवन बनाउन यस्तै प्रशिक्षण सबैलाई आवश्यक रहेको धारणा राख्नुभयो ।


कानुनी सल्लाहकार सुजन बरुवालको स्वागत मन्तव्य र कार्यक्रम संयोजक जेसी कृष्णप्रसाद पौडेलको संचालनमा प्रशिक्षण सम्पन्न भएको थियो । म्याग्दी जेसिजले पछिल्लो ओझेलमा परेको पर्यटकिस्थलमा पर्यटन बोर्ड राख्ने, विद्यालयमा आर्थिक सहयोग र सरसफाईका सामाग्री वितरण र गाउँगाउँमा सामाजिक कुरिति सम्वन्धी जनचेतनामुलक लगायतको कार्यक्रम गर्दै आएको छ ।