खरविर–सिम्लेमा पक्की सिँचाइ नहर निर्माण

  • ७ चैत्र २०७८, सोमबार
  • धिरन खत्री
  • 702 पटक पढिएको

म्याग्दी, ७ चैत । जिल्लाको रघुगंगागा गाउँपालिका– २ भगवतीमा खरविर– सिम्ले सिचाई योजनाको नहर निर्माण भएको छ । खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीमार्फत यस बर्ष पक्की नहर निर्माण भएको हो । खरविर सिम्ले सिचाई नहर जिल्लामा सवभन्दा छिटो र गुणस्तर रुपमा स्थानीय युवाहरुमार्फत ४५० मिटर पक्की नहर निर्माण भएको कार्यालय सव– इन्जिनियर अन्जन खत्रीले जानकारी दिनुभयो। चालु आर्थिक वर्ष २०७८÷७९ मा उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशबाट २० लाख बजेट विनियोजन भएको थियो । यसबर्ष कार्यालयबाट संचालन भएका जिल्लाका योजनामध्ये छिटो र छरितो र मापदण्डअनुसार गुणस्तर पक्की कुलो निर्माण भएको सव–इन्जिनियर खत्रीले बताउनुभयो । मन्त्रालयबाट बजेटसहित उपभोक्ताको २ लाख २३ हजारको जनश्रमदान नहरमा रहेको छ ।


सिचाई कार्यालय र श्रमदानबाट ४५० मिटर नहर निर्माणमध्ये शेरमा २ सय ७० मिटर र तल्लो शेर भागमा १८० मिटर नहर निर्माण गरिएको खरविर–सिम्ले सिचाई जल उपभोक्ता संस्थाका अध्यक्ष भगवान केसीले बताउनुभयो । स्थानीय मजदुर परिचालन गरेर २३ दिनमा पक्की र गुणस्तर नहर निर्माण भएको थियो ।आगामी आर्थिक वर्षमा थप बजेट व्यवस्थापन गरेर योजनालाई पूर्णता दिन पहल गरिएको उपभोक्ता समितिले जनाएका छन् ।


सिँचाइ सुविधा भएपछि धान गहुँ मकै, फलफूल र तरकारी खेती गर्न सहज हुने स्थानीयवासी अनोज केसीले बताउनुभयो । यसबर्ष निर्माण भएको पक्की नहरले केही राहत शेरफाटका कृषकलाई मिलेर छ। “आगामी दिनमा वडा, गाउँपालिका सिचाई कार्यालय थप बजेट निर्माण हुन सके हिउदँ कृषकलाई सिचाईका लागि समस्या नहनुे देखिन्छ ।” आगामी बर्षमा सिचाई कार्यालयबाट थप बजेट विनियोजनमार्पत सिचाई नहर निर्माण भएमा आकाशको भरमा खेती गर्ने समस्या कम हुने देखिन्छ ।

खरविरसंगै सिम्ले लगायतका फाटँका कृषकको माग अनुसार यस नहर निर्माण लाई पुर्णता दिन आगामी आर्थिक बर्षमा बजेटको लागि पहल गरेर सफल बनाउने योजनामा वडा कार्यालय रहेको वडा अध्यक्ष रिमबहादुर कटुवाले बताउनुभयो । यसअघि कच्ची नहरमा थोरै स्रोतको पानी चुहावट हुने समस्या थियो । खेतीबालीमा सिँचाइ गर्न पालो कुर्नुपर्ने अवस्था ओखरबोट, खौरटे, सिम्ले लगायतका क्षेत्रका कृषकको बाध्यता छ। हिउदँमा सिचाईको अभाव हुदा हिउदे खेती गहुँ, आलु लगायतको खाद्यबालीमा मेहनत अनुसारको आम्दानी हुन सकेको थिएन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l