राखु समाज युकेद्धारा हिमालय आधारभूत विद्यालयलाई नगद रु ५ लाख बढी सहयोग
- ५ चैत्र २०७८, शनिबार
- 1653 पटक पढिएको
म्याग्दी ५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङ स्थित हिमालय आधारभूत विद्यालयलाई रु ५ लाख बढी सहयोग प्राप्त भएको छ । रघुगंगा गाउँपालिका– २ राखु भगवती र ३ राखु पिप्ले घर भई युकेमा बसोबास गर्ने राखुबासीहरुको साझा संस्था राखु समाज युकेद्धारा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा रु ५ लाख ७ हजार ७३० सहयोग प्राप्त भएको हो ।
श्निवार विद्यालयमा आयोजित कार्यक्रममा राखु समाज युकेका सदस्य समाजसेवि अर्जुन मल्लले उक्त सहयोग रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम कटुवाललाई हस्तान्तरण गर्नुभएको थियो । राखु समाज युकेका २६ जनाले उक्त रकम संकलन गरि विद्यालयलाई उपलब्ध गराएका हुन् । उक्त रकममा सहयोगदाता अर्जुन मल्लले सबैभन्दा धेरै रु २ लाख सहयोग गर्नुभएको छ ।
कलेजाबाङमा रहेको विद्यालयलाई कमजोर भु बनोटका कारण गाउँकै पातीकाल्नामा स्थानान्तरण गरि पुननिर्माण भैरहेको छ । सहयोग रकम हस्तान्तरण गर्दै मल्लले प्रवासमा रहेरपनि गाउँको विकास र सामाजिक कार्यमा निरन्तर सहकार्य र सहयोग गर्दैै आएको बताउँदै विद्यालयको पूर्वाधार निर्माणमा सघाउने उदेश्यले सहयोग गरिएको बताउनुभयो । हाल उक्त विद्यालयमा ७० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
पुननिर्माण भैरहेको विद्यालयको भवन निर्माणमा प्राप्त सहयोगलाई पारदर्शी तवरले उपयोग गरिने भन्दै विद्यालयका अध्यक्ष कटुवालले प्रवासमा रहेर समेत गाउँको शैक्षिक विकासमा सघाएकोमा राखु समाज युके र सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । कार्यक्रममा अध्यक्ष कटुवाल, प्रअ सुरत बहादुर भण्डारी लगायत स्थानीयबासीद्धारा सहयोगदाता मल्ललाई सम्मान समेत गर्नुभएको थियो ।
सहयोगदाताको विवरण
१ अर्जुन मल्ल : २,००,०००।–
२ कमल भण्डारी : २५,४२०।–
३ डिलबहादुर मल्ल : २०,०००।–
४ मेजर डम्बर शाही : १७,२२०।–
५ कपिल मल्ल : १६,५६४।–
६ दिपक मल्ल : १६,५६४।–
७ अमर मल्ल : १६,५६४।–
८ ज्ञान सिंह : १६,५६४।–
९ भगवान मल्ल : १६,४००।–
१० रत्न साही : १३,२८४।–
११ प्रेम भण्डारी : ११,६४४।–
१२ विष्णु भण्डारी : ११,४८०।–
१३ रत्न शाही (गोपाल) : १५,०००।–
१४ तारा भण्डारी : १०,०००।–
१५ नन्द मल्ल : १०,०००।–
१६ मेख मल्ल : ८,३६४।–
१७ सन्जीभ मल्ल : ८,३६४।–
१८ अमर भण्डारी : ८,३६४।–
१९ नन्द शाही : ८,३६४।–
२० खिम शाही : ८,३६४।–
२१ रविन्द्र शाही : ८,२००।–
२२ टिका शाही : ८,२००।–
२३ खिम क्षत्री : ८,२००।–
२४गकुल मल्ल : ८,२००।–
२५ पुरन शाही : ८,२००।–
२६ घन शाही : ८,२००।–