म्याग्दी समाचार

नारच्याङ बेँसीमा खानेपानी आयोजना निर्माण सुरु

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ बेँसीमा रु. एक करोडभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ । ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा रु. एक करोड आठ लाख ३१ हजार सात सय ५६ को लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको हो । आयोजनाबाट नारच्याङ बेँसी... पुरा पढ्नुहोस

ऐतिहासिक भगवती कोतमा नियमित पूजा सञ्चालन गर्न अक्षयकोष स्थापना

म्याग्दी , १८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका– २ मा अवस्थित ऐतिहासिक राखु भगवती कोत मन्दिरमा नियमित पूजापाठको प्रवन्ध मिलाउन अक्षयकोष स्थापना गरिएको छ । गत असोजमा आयोजित देवी भागवत महायज्ञबाट संकलन भएको रकमबाट मन्दिरको दैनिक र नियमित पूजाआजाका लागि अक्षयकोष बनाईएको हो । महायज्ञबाट संकलन भएको रु १ करोड... पुरा पढ्नुहोस

कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र

म्याग्दी, पुस १७- मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो । कुश्मा नगरपालिका–१ माझीबस्तीबाट जलजला गाउँपालिका–८ खनियाघाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । तेह्र किलोमिटर लामो बेनी–मालढुङ्गा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान... पुरा पढ्नुहोस

बसाइँसराइलाई रोक्दै सुन्तला खेती

म्याग्दी । बेनी नगरपालिका-३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो । सदरमुकाम बेनीमा घर बनाइसकेका उनलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी र... पुरा पढ्नुहोस

क्यान्सर पिडित रकालको उपचारमा सहयोगको अपिल

म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतकी क्यान्सर पिडित लल्लीकुमारी रकालको उपचारमा सहयोगको अपिल गरिएको छ । स्तन क्यान्सबाट पिडित रकालको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । आर्थिक अबस्था कमजोर भएको र उपचारमा लाखौँ खर्च हुने भएपछि आर्थिक संकलन अभियान चलाएर सहयोग जुटाउन सुरु गरिएको स्थानीय अगुवा युवा भरत बहादुर रकालले... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको शाखा अध्यक्षमा विनोद घर्ति निर्वाचित

म्याग्दी जेसीजको शाखा अध्यक्षमा विनोद घर्ति निर्वाचित हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न २६ औँ बार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट सन २०२५ का लागि  घर्तिको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । अधिवेशनबाट कानुनी सल्लाहकारमा सुमन बानियाँ, बरिष्ठ कार्यकारीणी उपाध्यक्षमा सज्जन श्रेष्ठ, कार्यकारी उपाध्यक्षमा सुनिता श्रेष्ठ, डेकमाया केसी,... पुरा पढ्नुहोस

म्याग्दीका गौतमको नेतृत्वमा सौर्य गतिबिधी र वर्षाको सम्बन्धका विषयमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक

  बेनी, १४ पुष ः अमेरिकामा रहेका म्याग्दीका सुजनप्रसाद गौतम नेतृत्वको अनुसन्धानकर्ताहरुको टोलीले नेपालमा सौर्य गतिबिधी र बर्षाको सम्बन्धका विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । गौतमको नेतृत्वमा अनुसन्धानकर्ताहरु अशोक शिल्वाल, बासु बराल र डा. बिनोद अधिकारीको टोलीले “द पोसिबल इम्प्याक्ट अफ सोलार एक्टिभिटि अन रेनफल इन नेपाल ः... पुरा पढ्नुहोस

मालिकामा पौने तीन करोड थप बजेट बिनियोजन

दरवाङ, १५ पुष । म्याग्दीको मालिका गाउँपालिकाको आइतबार सम्पन्न १६औ गाउँसभाले चालु आर्थिक वर्ष २०८१ /०८२ को लागि थप पौने तीन करोड बजेट बिनियोजन भएको छ । छ्यारछ्यारे स्थित गाउपालिकाको सभाहलमा बसेको सभाले थप रु. दुई करोड ७२ लाख बजेट बिनियोजन गरेको हो । आर्थिक वर्ष २०८०÷०८१ को अल्या बजेट रु.... पुरा पढ्नुहोस

आठौं म्याग्दी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता, सबै स्टल बुकिङ

म्याग्दी , १५ पुस । म्याग्दी सरदमुकाम बेनीमा आयोजना हुन लागेको आठौँ म्याग्दी महोत्सव तथा माघे संक्रान्ति मेलामा स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्रि वितरणलाई प्राथमिकता दिइने भएको छ । महोत्सव मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघले जिल्लामा उत्पादन भएका बस्तु तथा सामाग्रीलाई विक्रि वितरण तथा प्रचार प्रसारका लागि प्रदर्शनीमा राख्न... पुरा पढ्नुहोस

म्याग्दीका सबै पालिकामा नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयन

म्याग्दी १४ पुस । म्याग्दीका ६ वटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयन भएको छ । एक नगरपालिका र पाँच गाउँपालिकामा तेस्रो पालिका स्तरीय सम्मेलन मार्फत नेतृत्व चयन गरिएको हो । गत मङ्सिर दोस्रो साता बसेको पार्टीको जिल्ला समन्वय समितिको बैठकको निर्णय अनुसार, जिल्लाको ६ वटै स्थानीय... पुरा पढ्नुहोस