पत्रकार राम्जाली मिडिया सोसाईटी अवार्डद्धारा पुरस्कृत

  • ९ मंसिर २०८२, सोमबार
  • 9 पटक पढिएको

 

म्याग्दी ८ मङ्सिर ।  म्याग्दीका पत्रकार साधन घर्ति(राम्जाली)लाई मिडिया सोसाइटी अवार्ड २०८२ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाईटीले स्थापना गरेको उक्त अवार्ड सोसाईटीको नवौँ साधारण सभाको अवसरमा प्रदान गरिएको हो । ­

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको पर्यटकीय स्थल चाङ्गामा सोमबार आयोजित साधारणसभामा पत्रकार राम्जालीलाई पत्रकारिताको माध्ययमबाट जिल्लाको पर्यटन प्रवद्र्धन, कृषि र विकास निर्माणलगायतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नगद रु ११ हजार ७५० सहित सम्मानपत्रद्धारा पुरस्कृत गरिएको हो ।

कार्यक्रममा म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष अमित विश्वकर्मा, मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, वडा नम्बर ५ का वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्री, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेल, म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम लगायतले पत्रकार राम्जालीलाई अबिर लगाएर दोसल्ला ओढाई उक्त अवार्ड प्रदान गर्नुभएको थियो ।

पुरस्कृत पत्रकार राम्जाली गोरखापत्र दैनिक र म्याग्दीन्यूज डटकममा आबद्ध हुनुहुन्छ । म्याग्दीमा श्रमजिबि पत्रकारहरुले सञ्चालन र व्यवस्थापन गरेका सञ्चार माध्ययमहरुको साझा संस्थाको रुपमा वि.स. २०७४ सालमा स्थापना भएको म्याग्दी मिडिया सोसाईटीले यस अघि सन्तोष गौतम, हरिकृष्ण गौतम, प्रताब बानियाँ, ठाकुर प्रसाद आचार्य, धिरनबहादुर खत्री र कमल खत्रीलाई उक्त अवार्डद्धारा पुरस्कृत गरिसकेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रोकाले म्याग्दीको पर्यटन विकास र प्रवद्र्धनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले चाङ्गा प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रहकाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा पत्रकार र सञ्चार माध्ययमहरुको रचनात्मक सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष खत्री, पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष पौडेल, पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष गौतम, धौलागिरी पर्यटन परिषदका अध्यक्ष अमर बानियाँले चाङ्गाको पर्यटन प्रवद्र्धनको लागि पूर्वाधार निर्माण र प्रचार प्रसारको आबश्यकता रहेकोमा जोड दिनुभयो ।

म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष अमित विश्वकर्माको अध्यक्षता, कोषाध्यक्ष ठाकुर प्रसाद आचार्यको स्वागत र सचिब राकेश शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका सचिब शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा चाङ्गामा पुगेका पत्रकारहरुको टोलीलाई स्थानीय आमा समूह र युवा क्लबहरुले फुल माला लगाएर स्वागत गरेका थिए ।