म्याग्दी समाचार

म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचनः सभापतिमा चार संगठनको उम्मेदवारी

म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन( स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) का उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएको निर्वाचन समितिका संयोजक पशुपतिनाथ ढकालले जानकारी दिनुभयो । निर्वाचन कार्यतालिका बमोजिम मंगलवार... पुरा पढ्नुहोस

स्ववीयु निर्वाचन : मंगला शिक्षा क्याम्पसमा अनेरास्ववीयुका उमेद्वार निर्बिरोध

म्याग्दी, २७ फागुन : म्याग्दीको मंगला शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका उमेद्वार निर्बिरोध भएका छन् । मंगला गाउँपालिका–२ मा रहेको क्याम्पसको स्ववीयुको निर्वाचनका लागि मंगलबार अनेरास्ववीयुको तर्फबाट मनोनयनपत्र दर्ता भएकाले निर्विरोध भएका हुन् । अध्यक्षमा एल्डीस पुन, सचिवमा बिन्दा रोका, सचिवमा मन्जिना बुढाथोकी, सदस्यमा... पुरा पढ्नुहोस

मालिका गाउँपालिकाले मनायो स्थापना दिवस (तस्बिर/भिडियाे)

म्याग्दी २७ फागुन । म्याग्दीको मालिका गाउँपालिकाले नबौँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले विशेष समारोहको आयोजना गरी गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो । https://www.youtube.com/watch?v=4jDpG3N85lo पालिकाको स्थापना दिवसको अवसरमा मंगलवार गाउँपालिकामा सार्वजनिक विदा दिईएको थियो... पुरा पढ्नुहोस

तातोपानीमा आमा समूहको आयोजनामा फागूपुर्णिमा मेला सुरु

बेनी, १९ फागुन । बेनी नगरपालिका–४ सिंगा तातोपानीको जलमाई भगवति आमा समूहको आयोजनामा सोमबारदेखि फागु पुर्णिमा मेला तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ । फागु पुर्णिमा पर्वको अवसरमा आयोजना गरिएको मेलाको बेनी नगरपालिका–४ सिंगाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले उद्घाटन गर्नुभयो ।   फागुन २८ गतेसम्म सञ्चालन हुने मेलामा फाइभ ए... पुरा पढ्नुहोस

धवलागिरि गाउँपालिकामा एक सय पाँच योजना कार्यान्वयनमा

म्याग्दी २६ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १०५ पूर्वाधारसम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ । गत असार र पुसको गाउँसभाबाट छनोट भई बजेट विनियोजन भएकामध्ये ७८ योजनाको सम्झौता भएको र २७ वटा सम्झौताको चरणमा रहेका गाउँपालिकाले जनाएको छ । सडक, खानेपानी, सिँचाइ, पहिरो तथा नदी नियन्त्रण,... पुरा पढ्नुहोस

जलविद्युत आयोजनालाई रघुगंगाबासीको ३१ बुँदे माग, सहमतीमा नआए निर्माण कार्य ठप्प पारिने

म्याग्दी, २६ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनालाई गाउँपालिकाबासीले ३१ बुँदे माग राखेका छन् । जलविद्युत आयोजनाहरुले गर्नुपर्ने न्यूनतम दायित्व पूरा नगरेपछि गाउँपालिकाले राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको व्यापक छलफलबाट जलविद्युत आयोजनाहरुलाई गाउँपालिकाको सामुहिक मागको रुपमा विभिन्न ३१ बुँदे माग तयार गरिएको हो ।... पुरा पढ्नुहोस

मुस्ताङ्ग–पोखरा सम्पर्क समन्वय समितिको भेला सम्पन्न

पोखरा । नेकपा (माओवादी केन्द्र) मुस्ताङ्ग–पोखरा सम्पर्क समन्वय समितिको भेला आइतबार पोखरामा सम्पन्न भएको छ । पोखरामा बसोबास गर्ने नेकपा (माओवादी केन्द्र) का सदस्य र समर्थकहरुको भेलाले आइतबहादुर बिकको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा राजकुमार बि.क., बिमला परियार, सचिवमा सुरज बि.क., कोषाध्यक्षमा विष्णु अर्पण गुरुङ... पुरा पढ्नुहोस

कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका गण्डकी प्रदेशभरमा प्रथम र देशभरीमा द्धितीय

म्याग्दी २५ फागुन । कार्यसम्पादन मूल्याङ्कनमा म्याग्दीको बेनी नगरपालिका गण्डकी प्रदेशभरमा प्रथम र देशभरीमा द्धितीय भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आइतबार सार्वजनिक गरेको स्थानीय तहहरुको आर्थिक वर्ष २०८०\०८१ को कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिकाले ८०.१७ अंक प्राप्त गरेर गण्डकीमा पहिलो र देशभरीमा दोस्रो भएको छ । यसैगरी... पुरा पढ्नुहोस

बादरजुङ र काभ्रेभिरको यात्रा यसरी भयो सहज

बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन्। ‘तल कालीगण्डकी र माथि ठाडो अक्करे भिरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो,’ उनले भने, ‘अक्करे भिरमा... पुरा पढ्नुहोस

जलजलामा मनाइयो ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस (तस्बिर/भिडियाे)

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले महिलाहरुको हाजिरी जवाफ र म्युजिकल चेयर प्रतियोगिता तथा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जलजला गाउँपालिका– ४ स्थित लुङ्दी आधारभूत विद्यालयमा अयोजित कार्यक्रममा बक्ताहरुले नेपालको संविधानमा महिलाहरुका अधिकार लेखिएपनि व्यवहारिक रुपमा अझै कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । कार्यक्रमको... पुरा पढ्नुहोस