बेनीमा २३ औं अन्तर मा.वि. जेसीजकप फुटबल प्रतियोगिता सुरु
- १० मंसिर २०८२, मंगलवार
- 1 पटक पढिएको
म्याग्दी, ९ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा २३ औँ अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता सुरु भएको छ । मङ्सिर १३ गतेसम्म बेनीको खुलामञ्चमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न १९ विद्यालयले सहभागिता जनाएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्तीले जानकारी दिनुभयो । 
प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले विद्यालय तहमा खेलाडी उत्पादन गर्न जेसीजकप फुटवल प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने जेसीज कप फुटवल म्याग्दीमा विद्यालय तहमा प्रतिस्पर्धा हुने लोकप्रिय र चर्चित प्रतियोगिताको रुपमा परिचित छ ।
प्रतियोगितामा प्रथम हुनेले रनिङ शिल्डसहित ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद रु ५५ हजार पाँच सय ५५ र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ३५ हजार पाँच सय ३५ पुरस्कार प्राप्त गर्ने प्रयोगिताका मुल संयोजक एवं म्याग्दी जेसीजका कोषाध्यक्ष नवीन पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, राइजीङ प्लेयर, उत्कृष्ट प्रशिक्षकलाई नगदरु २ हजार पाँच सयसहित ट्रफिद्धारा पुरस्कृत गरिनेछ । त्यस्तै, अनुसासित टिम र सेमिफाइनल पुग्ने दुई टिमलाई नगद रु ५ हजार सहित सहित सम्मान गरिने प्रतियोगिताका संयोजक पौडेलले जानकारी दिनुभयो ।