म्याग्दी समाचार

म्याग्दीमा जेसीज सप्ताह मनाउने तयारी

म्याग्दी, २३ वैशाख । म्याग्दीमा जेसीज सप्ताह २०८१ मनाइने भएको छ । म्याग्दी जेसीजको शनिवार सम्पन्न दोस्रो साधारण सभाबाट जेठ १५ गते स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सहित जेसीज सप्ताह आयोजना गर्ने निर्णय गरिएको हो । म्याग्दी जेसीजसका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षतामा सम्पन्न साधारणसभाले जेठ ९ गतेदेखि १५ गतेसम्म... पुरा पढ्नुहोस

लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार आयोजित क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समारोहका विच उक्त स्टेजको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको हो । समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका रहेको बताउँदै प्रदेश सभा... पुरा पढ्नुहोस

रितुङ्ग माविमा आफन्तको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी, २२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ घ्यासीखर्कमा रहेको रितुङ्ग माध्यमिक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना भएको छ । दिवंगत हुनुभएका स्थानीय समाजसेवी रामबहादुर घरब्जा छन्त्याल र हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी, बुहारी र नातीनातिनीहरुले विद्यालयको शैक्षिक क्षेत्रमा सघाउन उक्त अक्षयकोष स्थापना गरेका हुन् ।  दिवंगत छन्त्याल दम्पतीको... पुरा पढ्नुहोस

सडकलाई ग्राभेल गरेर स्तरोन्नती गर्ने सहमती पछि दुईदिनदेखि अबरुद्ध सडक सूचारु

म्याग्दी ,२० वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन नगर्दा गाउँभर... पुरा पढ्नुहोस

‘मौरीस हर्जोग’ पदमार्ग र अन्नपूर्ण आधार शिविरको पर्यटन प्रर्वद्धन कार्यक्रम 

  सुरेन गुरुङ अन्नपूर्ण २१ बैशाख : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र ‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले पैदलयात्रा गरेका छन् । म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तब्यको रुपमा विकास हुुन थालेको उक्त पदमार्गमा पूर्वाधारका लागि लगानी भित्र्याउन पहल सँगै प्रर्वद्धनका लागि बुधबार आधार... पुरा पढ्नुहोस

कृषकलाई सिचाई र बजारको चिन्ता

बेनी, २० वैशाख । म्याग्दीका कृषकहरुले सिचाई सुविधाको अभाव र उत्पादीत कृषि उपजले बजार तथा मूल्य नपाउने समस्या रहेको गुनासो गरेका छन् । व्यवस्थित सिचाई सुविधाको अभावका कारण आकाशे पानीको भरमा खेती लगाउने गरेका कृषकले ब्यापारिले जति भन्यो त्यती मूल्यमा उपज बिक्री गर्नुपर्दा मर्कामा परेको गुनासो गरेका हुन् । मुख्यमन्त्री... पुरा पढ्नुहोस

म्याग्दीका किसानले भित्राए सुन्तला बेचेर २१ करोड

म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका... पुरा पढ्नुहोस

मौवाफाँटमा धुलोको सास्तीले स्थानीयद्धारा जलविद्युतका सवारी साधनलाई अवरोध

म्याग्दी , २० वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा जलविद्युत आयोजनाका सवारी साधनलाई अवरोध गरिएको छ । रघुगंगा गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाका ठूला सवारी साधन आवत जावत गर्दा धुलोले जनजिवन नै अस्तव्यस्त भएपछि स्थानीयबासी र युवाहरुले विहिवार विहानदेखि जलविद्युत आयोजनाका सवारी साधनलाई आवत जावत गर्न रोक लगाएका हुन् । रघुगंगा... पुरा पढ्नुहोस

पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित

नेपाल पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो । बुधबार विहान आयोजित साधारणसभा तथा अधिवेशनको अवसरमा गण्डकी प्रदेश प्रमु्ख डिल्लिराज भट्ट, महासंघ... पुरा पढ्नुहोस

मंगलाघाटका फगामी परिवारद्वारा बाल जागृतिका विद्यार्थीलाई खाद्यान्न सहयोग 

  म्याग्दी । बेनी नगरपालिका वडा नम्वर ७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीको परिवारले वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फगामीका छोरा वुहारी हाल अष्ट्रेलियामा रहनुभएका वर्षात र दुर्गा फगामीको सहयोगमा रु... पुरा पढ्नुहोस