म्याग्दी समाचार

म्याग्दीमा सचेतनामूलक कार्यक्रम गरि ट्राफिक सप्ताह मनाइने

म्याग्दी १८ वैशाख । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाइने भएको छ । दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर ट्राफिक सप्ताह मनाउन लागिएको हो । जिल्लामा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरि... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार तेस्रो त्रैमासिक चैत मसान्त सम्म गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम, सेवा प्रवाहको अवस्था र सामाजिक सुरक्षा भत्ता वितरण तथा नदीजन्य पदार्थ उत्खनन् र संकलन र वडा नम्बर ६ , एकल चौतारा स्थित खाली... पुरा पढ्नुहोस

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी, १८ वैशाखः गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन् । यो पालिकाको –६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा रु दुई करोड ३३ लाखको लागतमा ती आयोजना सम्पन्न भएका हुन् । ट्रष्टका इन्जिनियर लीला शेरचनकाअनुसार सम्पन्न आयोजना... पुरा पढ्नुहोस

गलेश्वरमा प्रोवेसन गण्डकीको तेस्रो कलष्टरमा आबद्ध सहकारीहरुको कार्यशाला

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा प्रोवेसन गण्डकीको तेस्रो कलष्टरमा आबद्ध सहकारीहरुको एक दिने कार्यशाला सम्पन्न भएको छ । नेफस्कुनको प्राविधिक सहयोग र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सोमबार १० औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा म्याग्दी, कास्की, गोरखा, तनहुँ, स्याङ्जाका विभिन्न ११... पुरा पढ्नुहोस

बेनीमा जेसीजद्धारा रक्तदान

म्याग्दी, १७ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रक्तदान गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा सोमबार बेनी अस्पताल परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक दिनेशकुमार विश्वकर्माले जानकारी दिनुभयो । नेपाल जेसीजले सुरुवात गरेको जेसीज नेपाल राइज कार्यक्रम अन्तरगत म्याग्दी जेसीजले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा नेपाल... पुरा पढ्नुहोस

म्याग्दीका लेकाली जङ्गलमा ढकायो टिप्ने चटारो

म्याग्दी १७ वैशाख । म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्ने सिजन सुरु भएको छ । उच्च पहाडी क्षेत्रमा रहेका बस्तीका स्थानीयले वनजङ्गलमा पाइने ढकायोको सागलाई तरकारी बनाएर उपभोग गर्ने गर्छन् । जिल्लाको कुइनेमंगले, कुइनेखानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्लेखर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जालगायतका गाउँबस्तीमा तरकारीको रुपमा... पुरा पढ्नुहोस

म्याग्दीमा ‘हाई भोल्टेज’ले ६० घरमा क्षति, पाँच जना घाइते

म्याग्दी, वैशाख १७- अन्नपूर्ण गाउँपालिका–६, घारमा हाई भोल्टेज करेण्ट प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ। पाँच जना घाइते भएका छन्।  घारका वडाध्यक्ष रामबहादुर खड्काका अनुसार आइतबार विद्युतको मुख्य र वितरण लाइनमा उच्च गतिको विद्युत प्रवाह भएर आगलागी भएको हो ।      आगलागीबाट घारको ओडारे, भुवानीथान, भुन्या, इदार, बिरौटा... पुरा पढ्नुहोस

पुख्र्यौली नाच प्रतियोगितामा काफलडाँडा बिजयी

म्याग्दी, १६ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आयोजित पुख्र्यौली नाच प्रतियोगितामा वडा नम्बर ८ काफलडाँडाको पुख्र्यौली समूह बिजयी भएको छ । भूमे पुजाको अवसरमा अन्नपूर्ण–२ नम्बर वडा कार्यालयले आयोजना गरेको सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगितामा विभिन्न ११ पुख्र्यौली समूहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा वडा नम्बर १... पुरा पढ्नुहोस

मराङमा वडा कार्यालय भवन उद्घाटन्

मराङ, १५ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सोमबार भवनको एक समारोहका बिच उद्घाटन गर्नुभएको हो । ४ कोठे १ तले भवनमा शुक्रबारदेखिनै सेवा प्रवाह शुरु गरेको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । भवनमा वडा अध्यक्ष, सचिव,... पुरा पढ्नुहोस

शैक्षिक गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयका शिक्षकलाई तालिम प्रदान

म्याग्दी , १५ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा आधारभूत तहका शिक्षकहरुका लागि बिषयगत तालिम प्रदान गरिएको छ । रघुगंगा गाउँपालिका, सम्बृद्ध ग्रामिण नेपालको लागि शैक्षिक उन्नयन (लर्न) र क्वालिटी एजुकेशन नेपाल, अष्टेलियाको आयोजनामा १० दिने तालिम दिईएको हो । https://www.youtube.com/watch?v=KJ32VVPVugc सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न लर्न र गाउँपालिकाको साझेदारीमा... पुरा पढ्नुहोस