म्याग्दी समाचार

बेनी बोर्डिङ कपमका लागि बुद्ध एकेडेमी र बेनी सामुदायिक मावि भिड्दै

म्याग्दी १० असोज । बेनीमा जारी एघारौँ बेनी बोर्डिङ्ग कपको फाइनलमा बुद्ध एकेडेमी र बेनी सामुदायिक माविले प्रतिस्पर्धा गर्दै छन् । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको आज विहान फाइनल भिडन्त हुँदै छ । आइतबार सम्पन्न सेमिफाइनल खेलमा प्रतिस्पर्धीलाई निकै कसिलो... पुरा पढ्नुहोस

चोयाका पोशाक लगाएका भरीबहादुर बने भाइरल

म्याग्दी ९ असोज । बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत गर्ने कोही व्यक्ति देख्नुभएको छैन भने म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमको... पुरा पढ्नुहोस

म्याग्दीका पाँच सय जना उम्मेदवारलाई जरिवाना

  बेनी, ९ असोज । गत स्थानीय तहमा उम्मेदवार बनेका यहाँका पाँच सय जनालाई निर्वाचन आयोगले जरिवाना गरेको छ । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएका पाँच सय सात जनालाई रु एक लाख ५० हजारदेखि रु चार लाख ५० हजारसम्म जरिवाना तोकेको हो । जिल्ला निर्वाचन... पुरा पढ्नुहोस

विद्यार्थी र शिक्षकलाई भित्ते पत्रिका लेखन तालिम, भित्ते पत्रिका प्रर्दशनी मेला हुने

म्याग्दी ९ असोज । म्याग्दीको मालिका गाउँपालिका–२,रुमको बेलीमा शनिबार भित्ते पत्रिका लेखन तथा भाषण कला तालिम सम्पन्न भएको छ । ज्ञान विकास आधारभुत विद्यालयको आयोजनामा आयोजित तालिममा उद्घाटन गदैं वडा अध्यक्ष उदयकुमार बुढाथोकीले बालबालिकाको ज्ञान, सीप र क्षमतामा अभिवृद्धि गराउन भित्रे पत्रिकाले ठूलो भूमिका खेल्ने भएकाले वडाभित्रका सबै विद्यालयमा भित्ते... पुरा पढ्नुहोस

म्याग्दी सहकारीको १५औं वार्षिक साधारणसभा सम्पन्न,सदस्यहरुलाई १० प्रतिशत लाभाँश प्रदान गर्ने

काठमाण्डाै ८ असाेज ।  राजधानीमा १५ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारणसभा आज राजधानीको सामाखुशीमा सम्पन्न भएको छ ।  सहकारीका अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न यस साधारणसभाको उदघाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचनले गर्नु भएको थियो । संस्थाले आर्थिक वर्ष २०७८/७९... पुरा पढ्नुहोस

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन

बेनी, ८ असोज । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति गठन भएको छ ।वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको जनप्रतिनिधी, टोल सुधार समिति र संघ संस्थाका प्रतिनिधीहरुले म्याग्दीमा भित्रिएको भलिबल र तेक्वान्दोको राष्ट्रिय प्रतियोगितालाई सफल... पुरा पढ्नुहोस

म्याग्दीमा एम्बुलेन्सको अवस्था : विरामी बोक्ने एम्बुलेन्स नै थन्किए

  म्याग्दी, ८ असोज । विरामीलाई उपचारका लागि अस्पताल लैजाने भरपर्दो साधन एम्बुलेन्सको उपयुक्त व्यवस्थापन र सञ्चालनको अभाबमा एम्बुलेन्सहरु नै थलिएर थन्काउनुपर्ने अवस्था आएको छ । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी अस्पताल परिसरमा दुई वटा एम्बुलेन्स अहिले मर्मत सम्भारको अभाबले जिर्ण बनेर थन्किएका छन् । एकातर्फ एम्बुलेन्स नै आफै थलिएर... पुरा पढ्नुहोस

घारखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

म्याग्दी, ८ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । विसं २०७४ चैत महिनादेखि सुरु भएको घारखोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रवद्र्धक कम्पनी म्याग्दी हाइड्रोपावरले जनाएको छ । कम्पनीका अध्यक्ष भरत नेपालले आयोजनाको बनिसकेका संरचना परीक्षण गर्न थालिएको जानकारी... पुरा पढ्नुहोस

पत्रकार धम्काउने व्यक्तिलाई पहिचान गरि कारबाहीको माग

  बेनी, ८ असोज । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले पत्रकार धम्काउने व्यक्तिलाई पहिचान गरि कारबाहीको माग गरेको छ । सेन्टरका बाग्लुङ शाखा उपाध्यक्ष तथा इलाकाखबर डटकमका सम्पादक सज्जनकुमार सिंहलाई गणेश गेमिङ नामको फेसबुक ठेगानाको म्यासेन्जर मार्फत धम्की आएको हो । प्रेस सेन्टर गण्डकीका महासचिव सन्तोष गौतमले शनिबार एक... पुरा पढ्नुहोस

जिल्ला कारागारको अनुगमनः कारागारमा दरबन्दीका स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई सास्ती

बेनी ९ असोज : म्याग्दीको जिल्ला कारागारमा दुईबर्षदेखि स्वास्थ्यकर्मीको दरबन्दीमा पदपूर्ति हुन सकेको छैन् । कारागारमा रहेका कैदीबन्दीको उपचारका लागि एक जना अहेब स्वास्थ्यकर्मीको दरबन्दी रहेपनि बिगत दुई बर्षदेखि पदपूर्ति नहुँदा दिर्घरोगका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कैदीबन्दीलाई सामान्य उपचारका लागि पनि बेनी अस्पतालमा धाउनुपर्ने बाध्यता रहेको कारागारका चौकीदार... पुरा पढ्नुहोस