म्याग्दी समाचार
कर्मचारीको लापरबाहीले बजेट रोकिएपछि रावण उद्यान निर्माण अधुरै
- 2 बर्ष, 6 महिना अगाडि
- १६ पुष २०७९, शनिबार
बेनी, १६ पुस । म्याग्दीको पौराणिक स्थल पछैमा निर्माण थालिएको रावण उद्यान अधुरै रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नं ५ को पछैमा गत वर्षदेखि उक्त उद्यान निर्माण सुरु गरेको थियो । बजेट अभावका कारण निर्माण रोकिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो... पुरा पढ्नुहोस
गलेश्वधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्पन्न
- 2 बर्ष, 6 महिना अगाडि
- १६ पुष २०७९, शनिबार
गलेश्वर १ ६ पुस । गलेश्वरधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्मन्न भएको छ। म्याग्दीको बेनी नगरपालिका–९मा रहेको गलेश्वरधाम बहुउद्देश्यीय हलको परिसरमा समुहको १२औं बार्षिक साधरण सभा शुक्रबार सम्पन्न भएको हो । प्रमुख अतिथि गण्डकी प्रदेश सदस्य बिमला गौचनले साधरण सभाको उद्घाटन गर्नु भएको थियो । साधरण सभालाई सम्बोधन... पुरा पढ्नुहोस
म्याग्दीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै
- 2 बर्ष, 6 महिना अगाडि
- १५ पुष २०७९, शुक्रबार
[caption id="attachment_46878" align="alignnone" width="1024"] फाइल तस्बिर[/caption] गलेश्वर १६ पुस । म्याग्दीका स्थानीय किसान हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीको खेतीले म्याग्दीका बेनी नगरपालिकासहित मङ्गला र अन्नपूर्ण गाउँपालिकाका किसानको आर्थिक समृद्धि गराउनुका साथै जीवनस्तर उकास्न सहयोग गरेकोे हो । यस वर्ष... पुरा पढ्नुहोस
लोकदिप सहकारीको साधारणसभा : विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह
- 2 बर्ष, 6 महिना अगाडि
- १५ पुष २०७९, शुक्रबार
बेनी, १५ पुष । बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह गरेको छ । बेनीमा शुक्रबार भएको नवौ वार्षिक साधारणसभामा २०७८ साउनमा आगोलागीबाट पसल जरेर नोक्सान ब्यहोरेकी सेयर सदस्य रुपमाया निउरे शर्माले लिएको ऋण मिनाह गरिएको जानकारी गराइएको हो । सहकारीले बेनपा ८... पुरा पढ्नुहोस
म्याग्दीमा बंगुरमा अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण
- 2 बर्ष, 6 महिना अगाडि
- १५ पुष २०७९, शुक्रबार
बेनी १५ पुस : देशका विभिन्न स्थानमा बंगुरमा देखा परेको ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणका कारण म्याग्दीमा समेत बंगुर मर्न थालेका छन् । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बंगुरमा सङ्क्रमण देखिएपछि हालसम्म ३ सयभन्दा बढी बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । व्यावसायिक रुपमै... पुरा पढ्नुहोस
बेनीमा सार्वजनिक जग्गामा बनेका अव्यवस्थित संरचना हटाउन सुरु (तस्बिर/भिडियो)
- 2 बर्ष, 6 महिना अगाडि
- १५ पुष २०७९, शुक्रबार
म्याग्दी १५ पुस । म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण भएका अव्यवस्थित भौतिक संरचना हटाउन सुरु गरेको छ । बसपार्क, सडक, पुल लगायतका क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका संरचनालाई हटाउन सुरु गरिएको हो । शुक्रवार बेनी नगरपालिका– ८ मा पर्ने कालीपुलको बसपार्क क्षेत्रमा निर्माणधिन बसपार्क क्षेत्रभित्र रहेका अव्यवस्थित संरचना हटाइएको... पुरा पढ्नुहोस
मालिकामा नवनिर्मित झोलुङ्गे पुल उद्घाटन
- 2 बर्ष, 6 महिना अगाडि
- १५ पुष २०७९, शुक्रबार
दरबाङ १५ पुस । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित उदिनखोला र ओखरबोट जोड्ने नवनिर्मित देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल उद्घाटन गरिएको छ । साङगखोला माथि निर्माण गरिएको उक्त पुलको विहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र स्थानीय जेष्ठ नागरिक मनभक्त सिउंथानीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त पुलको लम्बाई... पुरा पढ्नुहोस
गाउँमा सरकार पुग्यो, सडकको सहज सुविधा पुगेन
- 2 बर्ष, 6 महिना अगाडि
- १५ पुष २०७९, शुक्रबार
कमल खत्री बेनी, १५ पुस : धवलागिरि गाउँपालिका–३ मुनामा गाउँपालिकाको कार्यालय सूचारु भएपछि स्थानीयबासी निकै उत्साहित बने । मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक पाँच बर्ष अघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरुले धवलागिरिमा विवादित रहेको केन्द्रको टुंगो गाउँसभा मार्फत मुनाको घट्टेखोलामा कायम गरे । तत्कालिन मुना गाउँ विकास... पुरा पढ्नुहोस
रेलेखोला जलविद्युतको काम धमाधम, एक बर्षमै सकियाे पचास प्रतिशत काम (तस्बिर सहित)
- 2 बर्ष, 6 महिना अगाडि
- १४ पुष २०७९, बिहीबार
कमल खत्री बेनी १४ पुस । जलविद्युत गाउँको रुपमा परिचित म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाको निर्माण कार्यले गति लिएको छ । अन्नपूर्ण हिमालको फेदीबाट बग्ने रेलेखोलाको पानीलाई उपयोग गरि निर्माण गर्न लागिएको यस आयोजनाको निर्माण कार्य करिब ५० प्रतिशत पुरा भएको छ । हिमकन्सल्ट... पुरा पढ्नुहोस
म्याग्दीमा अर्ग्यानिक कृषि उत्पादन अभियान
- 2 बर्ष, 6 महिना अगाडि
- १४ पुष २०७९, बिहीबार
म्याग्दी १४ पुस । म्याग्दीका स्थानीय तहले अर्ग्यानिक खेतीमा जोड दिएका छन् । रासायनिक मलको बढ्दो प्रयोगले खेतबारीको माटोमा अम्लीयपना बढ्दै जाँदा उत्पादन घट्न थालेपछि यहाँका किसानले प्राङ्गारिक मल र रैथाने बिउबिजनको प्रयोगमा जोड दिन थालेका हुन् । किसानको यो अभियानलाई यहाँका स्थानीय तहले पनि सघाउने भएका छन् । जिल्लाको... पुरा पढ्नुहोस