म्याग्दी समाचार

कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण

  म्याग्दी, १९ फागुन । म्याग्दीको कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ स्थित रहेको कालीपुल बसपार्कलाई ब्यवस्थित रुपमा संचालनका लागि गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो । देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन विसौनीको रुपमा प्रयोग हँुदै... पुरा पढ्नुहोस

राममन्दिरलाई नदि कटानबाट रोक्न तटबन्ध गरिँदै (तस्बिर)

बेनी १९ चैत : पर्वतको जलजला गाउँपालिका–२ स्थित कालीगण्डकी र राहुघाट नदीको संगमस्थलमा अवस्थित राममन्दिरलाई नदीकटानबाट जोगाउन पक्की पर्खाल निर्माण गरेर तटबन्ध गरिँदै । तस्बिरः कमल खत्री – – – पुरा पढ्नुहोस

पोखरेबगरमा सार्वजनिक सुनुवाई : ‘विकास , पर्यटन प्रवद्र्धन र ढिलासुस्तीप्रति ध्यानकर्षण’

म्याग्दी १८ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिवार प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म सम्पादन भएका विकास गतिविधि, सेवा प्रवाह र समग्र गाउँपालिकाको अवस्थाका बारेमा सेवाग्राही, स्थानीयबासी र सरोकारवालाहरुबाट गुनासा सुन्ने, सार्वजनिक सेवा प्रवाहलाई जवाफदेही बनाउने उदेश्यले आयोजित कार्यक्रममा... पुरा पढ्नुहोस

मिर्गौला पीडित रिता गर्वुजाको उपचारार्थ सहयोगको अपिल

म्याग्दी १८ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलकी मिर्गौला पीडित रिता गर्वुजा पुर्जाको उपचारार्थ आर्थिक सहयोगको लागि आफन्तले अपिल गरेका छन् । आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लि.मा उपचाररत २९ बर्षिय पुर्जाको मिर्गौला पत्यारोपण गर्नुपर्ने भएकाले पुर्जाका घरपरिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् । घरपरिवारको आर्थिक अवस्था कमजोर... पुरा पढ्नुहोस

पूर्वाधार विकास कार्यालय म्याग्दीको विकास खर्च १८ प्रतिशत

  म्याग्दी, १७ चैत । पूर्वाधार विकास कार्यालय म्याग्दीले चालू आर्थिक वर्षको आठ महिनामा १८ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको अन्तिम चार महिनामा ८२ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था देखिएको छ । संघ, प्रदेशबाट सञ्चालित बहुवर्षीय लगायतका योजनामा जिल्लामा निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा... पुरा पढ्नुहोस

सवारी कारबाहीबाट ४२ लाख राजश्व संकलन

  बेनी, १७ चैत । म्याग्दीमा सवारी साधन कारबाहीबाट ४२ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन भएको छ । चालु आर्थिक बर्षको फागुनसम्ममा ५ हजार ७५० सवारी कारबाहीबाट ४२ लाख १६ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जानकारी दिएकोछ । पछिल्लो ८ महिनामा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन... पुरा पढ्नुहोस

बाबियाचौरमा कर्वड हल निर्माण

  म्याग्दी, १७ चैत । मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा बहुउद्देश्यीय कर्वड हल निर्माण भएको छ । ब्याडमिन्टन सहित मार्सल आर्ट लगायतका खेलहरु समेत संचालन गर्न मिल्ने गरी निर्माण गरिएको कर्वड हलको उद्घाटन गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गर्नुभएको थियो । कर्वड हल निर्माणमा गाउँपालिकाबाट ११ लाख, पूर्वाधार विकास कार्यालयबाट ५ लाख... पुरा पढ्नुहोस

एसईई आजदेखि सुरु

  म्याग्दी, १७ चैत । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज)बाट सुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा ४ लाख... पुरा पढ्नुहोस

बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग

  बेनी, १६ चैत । नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले बालगृहका बालबालिकाको स्वास्थ्य परिक्षण एवम् खाद्यान्न सहयोग गरेको छ । विहिबार बालगृहमा बसोबास गर्ने ११ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको हो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी र महासंघका उपाध्यक्ष हरीकृष्ण गौतमद्वारा नेपाल... पुरा पढ्नुहोस

९ जना आमाहरुले एसइई दिदै

  बेनी, १५ चैत । शुक्रबारदेखि सुरु हुने  माध्यमिक शिक्षा परिक्षा (एसइई) मा उज्यालो बैकल्पीक विद्यालयबाट ९ जना आमाहरु सहभागि हुदैछन् । विद्यालय संचालक समितिले एसइईमा सहभागि हुने ९ जना आमाहरुलाई परिक्षाको सफलता शुभकामना दिदै विदाई गरेको हो । यस बर्षको एसइई परिक्षामा विद्यालयबाट ५० बर्ष डिलकुमारी पुर्जा, ३७ बर्षकी... पुरा पढ्नुहोस