म्याग्दी समाचार
हावाहुरीले जनआदर्श आधारभुत विद्यालयको छानो उडायो
- wp_days_ago_v3(); ?>
- २८ चैत्र २०७९, मंगलवार
बेनी, २८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कोटगाउँमा रहेको जनआदर्श आधारभुत विद्यालयको कक्षाकोठा भवनको छानो हावाहुरीले उडाएको छ । मंगलवार दिउँसो आएको हावाहुरीले विद्यालयको कक्षा ४ र ५ को कक्षा कोठा रहेको भवनको छानो पूर्ण रुपमा उडाएको हो । हावाहुरीले बालकक्षा र विद्यालयको कार्यालय सञ्चालन भएको कोठा रहेको अर्का... पुरा पढ्नुहोस
अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २७ चैत्र २०७९, सोमबार
म्याग्दी, २७ चैत । अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित घराम्दीमा सोमबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको हो । पालिकास्तरीय पुरुष ,महिला र प्रौढ भलिबल तथा वास्केटबल प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभयो ।... पुरा पढ्नुहोस
रेडक्रस भगवती उपशाखाको अध्यक्षमा केसी
- wp_days_ago_v3(); ?>
- २७ चैत्र २०७९, सोमबार
म्याग्दी, २७ चैत । नेपाल रेडक्रस सोसाइटी राखु भगवती उपशाखाको सभापतिमा एकेन्द्र केसी सर्वसम्मत चयन हुनुभएको छ। रघुगंगा गाउँपालिका– २ राखु भगवती उपशाखाको कार्यालयमा सोमबार भएको १२ औँ साधारणसभा तथा ५ औँ अधिवेशनले पुन केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। अधिवेशनले उपशाखाको उपसभापतिमा गीता बरुवाल, सचिवमा सुरेश थापा,... पुरा पढ्नुहोस
अपाङ्ग संघ म्याग्दीको अध्यक्षमा गोरी दर्जी
- wp_days_ago_v3(); ?>
- २७ चैत्र २०७९, सोमबार
बेनी, २७ चैत । अपाङ्ग संघ म्याग्दीको अध्यक्षमा गोरी दर्जी सम्र्वसम्मत हुनुभएको छ। जिल्ला समन्वय समितिको सभाहलमा सोमबार भएको संघको १८ औँ साधारण सभा एवम् ११ औँ अधिवेशनबाट दर्जीको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत गठन गरिएको हो ।संघको बरिष्ठ उपाध्यक्षमा गणेश सुवेदी, उपाध्यक्षमा जमुना पौडेल, सचिवमा सुरेन्द्र खत्री, सह–सचिवमा... पुरा पढ्नुहोस
विउविजन विक्रि पसल अनुगमन
- wp_days_ago_v3(); ?>
- २७ चैत्र २०७९, सोमबार
बेनी, २७ चैत । म्याग्दी, बागलुङ र पर्वतका विउविजन पसलको अनुगमन गरिएको छ । बजारबाट किनेको तरकारी र खाद्यबालीको विउ नउम्रिएको र फल नलागेको कृषकहरुको गुनासो बढेपछि कृषि उर्जा तथा जलस्रोत मन्त्रालय, विउविजन प्रयोगशाला र सम्बन्धित जिल्लाको कृषि ज्ञान केन्द्रको टोलीले संयुक्त अनुगमन गरेको हो । पर्वतको कुश्मा... पुरा पढ्नुहोस
रेडक्रस भकिम्ली उपशाखाको सभापतिमा घर्ती चयन
- wp_days_ago_v3(); ?>
- २७ चैत्र २०७९, सोमबार
धु्रवसागर शर्मा म्याग्दी २७ चैत ‘म सेवा गर्छु’ भन्ने स्लोगनको व्यानर सहित नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाको आइतवार सम्पन्न १४ औं साधारणसभा तथा अधिवेशनले डेकबहादुर घर्तीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । भकिम्लीको डाँडाखानीमा उद्घाटन गरी पर्यटकीय स्थल बेलढुङ्गामा समापन गरिएको अधिवेशनले उपसभापतिमा जमुना रोका,सचिवमा भोजबहादुर जिसी,कोषाध्यक्षमा पूर्णिमा जिसी,उपसचिवमा... पुरा पढ्नुहोस
कोत्रवाङ, खुम्याह, कुहुँ, हिदीमा सांसद जुग्जालीको जनभेटघाट
- wp_days_ago_v3(); ?>
- २७ चैत्र २०७९, सोमबार
बेनी, २७ चैत । म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले आइतबार मंगला गाउँपालिकाको कोत्रवांग, खुम्याह, कुहुँ र हिदीमा जनभेटघाट गर्नुभएको छ । मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो । चुनाव जितेपछि आफ्नो घरदैलोमा पुगेका सांसद जुग्जालीलाई... पुरा पढ्नुहोस
राखुका तीन विद्यालयबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पुरस्कारको घोषणा
- wp_days_ago_v3(); ?>
- २७ चैत्र २०७९, सोमबार
म्याग्दी, २७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएर उर्तिण हुने विद्यार्थीहरुलाई पुरस्कारको घोषणा गरिएको छ । सिंगापुर पुलिसबाट सेवानिवृत रघुगंगा गाउँपालिका–३ पिप्लेको घोटडाँडा घर भई हाल काठमाण्डौ बसोबास गर्दै आउनुभएका कमल शाहीले यस बर्षको एसइईमा ए प्लस... पुरा पढ्नुहोस
कोत्रवाङ, खुम्याह, कुहुँ, हिदीमा सांसद जुग्जालीको जभेटघाट
- wp_days_ago_v3(); ?>
- २६ चैत्र २०७९, आईतवार
बेनी, २६ चैत । म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले आइतबार मंगला गाउँपालिकाको कोत्रवांग, खुम्याह, कुहुँ र हिदीमा जनभेटघाट गर्नुभएको छ । मतदातालाई धन्यवाद र स्थानीयका समस्या तथा आवश्यक पहिचान गर्ने उद्देश्यले स्थानीयबासीसँग भेटघाट र छलफल गर्नुभएको हो । चुनाव जितेपछि आफ्नो घरदैलोमा पुगेका सांसद जुग्जालीलाई स्थानीयबासीहरुले... पुरा पढ्नुहोस
म्याग्दीका सामुदायिक विद्यालयमा एकद्धार मार्फत पाठ्यपुस्तक वितरण गरिने
- wp_days_ago_v3(); ?>
- २६ चैत्र २०७९, आईतवार
बेनी, २६ चैत : हिमाली जिल्ला म्याग्दीका सामुदायिक विद्यालयहरुमा एकद्धार मार्फत पाठ्यपुस्तक वितरण गरिने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक विक्रि केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक विक्रि वितरण गर्न थालेको हो । महासंघमा आबद्ध २८ जना व्यवसायिहरुले सामुहिक रुपमा लगानी गरी... पुरा पढ्नुहोस