म्याग्दीका सांसद जुग्जाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्त

  • २९ बैशाख २०८०, शुक्रबार
  • 281 पटक पढिएको

म्याग्दी २९ वैशाख । म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर (सुविन) दोस्रो पटक मन्त्री बन्ने पक्का भएको छ ।   गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सरकारलाई पुर्णता दिने तयारी गर्दै हुनुहुन्छ । गठवन्धनमा भागबन्डा टुंगो लागेपछी उहाँले आज मन्त्री परिषद लाइ पूर्णता दिन लाग्नु भएको हो ।

एमाले नेतृत्व सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका जुग्जालीमगर कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्ने पक्का भएको हो ।

गण्डकीमा मुख्यमन्त्री तथा (आन्तरिक मामिला तथा कानून मन्त्रालय) मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा माओवादी केन्द्रका रेशम जुग्जाली मगर (सुविन), सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सोही पार्टीकै सुशीला सिम्खडाको टुंगो लागिसकेको छ ।

तर आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारीबारे भने टुंगो लागेको छैन ।