म्याग्दी समाचार

कालिसारमा लालीगुराँस पार्क

  म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ कालिसारस्थित घना जंगलको विचमा लालीगुराँस पार्कको पूर्वाधार निर्माण भईरहेको छ। घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले पार्क निर्माण कार्य अघि बढाईएको हो । डिभिजन वन कार्यालयबाट विनियोजित बजेटमार्फत पर्यटक रमाउने पूर्वाधार निर्माण गरिरहेको घोडेपानी होटल ब्यवसायी एवम् लालीगुराँस... पुरा पढ्नुहोस

धवलागिरि हिमालमा बेपत्ताको शव सात महिनापछि भेटियो

म्याग्दी,३० वैशाख । धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी... पुरा पढ्नुहोस

नवनियुक्त मन्त्री जुग्जालीद्धारा प्रादेशिक सडक सञ्जालको गुरुयोजना बनाउने निर्णयमा हस्ताक्षर

म्याग्दी २९ वैशाख । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन) ले पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री पदमा नियुक्त गरेलगत्तै पद तथा गोपनियताको सपथ ग्रहण सहित मन्त्री जुग्जालीले पदभार ग्रहण गर्नुभएको हो । म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित... पुरा पढ्नुहोस

म्याग्दीका सांसद जुग्जाली भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा नियुक्त

म्याग्दी २९ वैशाख । म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित गण्डकी प्रदेश सांसद रेशम जुग्जाली मगर (सुविन) दोस्रो पटक मन्त्री बन्ने पक्का भएको छ ।   गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सरकारलाई पुर्णता दिने तयारी गर्दै हुनुहुन्छ । गठवन्धनमा भागबन्डा टुंगो लागेपछी उहाँले आज मन्त्री परिषद... पुरा पढ्नुहोस

धवलागिरीलाई पूर्ण खोपयुक्त घोषणा

बेनी, २८ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकालाई बिहिबार पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाका सात वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाहरुले खोप लगाएको... पुरा पढ्नुहोस

धवलागिरीमा मेलमिलाप सम्बन्धी तालिम सम्पन्न

मुना, २८ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा बिहिबार मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजना र शान्तिका लागि समग्र विकास संस्थाको सहजिकरणमा आठ दिनसम्म सञ्चालन भएको तालिममा न्यायिक समितिका पदाधीकारी र ७ वटै वडाका गरि २७ जनाको सहभागिता रहेको थियो । न्यायिक समितिका पदाधीकारीहरुको... पुरा पढ्नुहोस

आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन

म्याग्दी, २८ वैशाख । आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो । आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । विसं... पुरा पढ्नुहोस

अल्लोको पुवा संकलन ( तस्बिर)

बेनी, २८ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको जंगलमा खेर गएको अल्लोबाट कपडा तयार गर्नका संकलन गरिएको पुवा देखाउँदै स्थानीय धनबहादुर छन्त्याल । जंगलमा खेर गएको अल्लोको पुवाबाट कपडा उत्पादन गर्न विक्रि गर्ने उदेश्यले छन्त्यालले पुवा संकलन गर्दै आउनुभएको छ । पुरा पढ्नुहोस

दन्तेलहर हिमालको अवलोकन गर्न ‘मोहरेडाँडा’मा पर्यटक बढे

बेनी, २८ बैशाख । घना जंगलको शीरमा रहेको धुरीबाट दन्तेलहर जस्तै हिमालहरु देखिन्छन् । समुन्द्र सतहदेखि तीन हजार ३१३ मिटर उचाईमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित ‘मोहरेडाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृष्यले पर्यटकहरुलाई मोहनी लगाउने गरेको छ । दर्जन बढी हिमालहरुलाई एउटै प्राकृतिक भ्यू पोइन्टबाट अवलोकन गर्न सकिने भएकाले... पुरा पढ्नुहोस

रेडक्रसद्धारा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिको घरदैलोमै गएर स्वास्थ्य परिक्षण

म्याग्दी २६ वैशाख । नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखाले विश्व रेडक्रस दिवसको अवसर पारेर रघुगंगा गाउँपालिका–३ पिप्ले वडाभित्रका सबै ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण तथा सम्मान गरेको छ । वडाभित्र ८० बर्ष पार गरेका १०१ जना ज्येष्ठ नागरिक र १० जना अपांगता भएका व्यक्तिहरुको उनीहरुको घरआंगनमा नै... पुरा पढ्नुहोस