ब्रेन ट्यूमर पीडित हरीको उपचारमा विभिन्न देशबाट करिव डेढ लाख आर्थिक सहयोग प्राप्त

  • १५ भाद्र २०८०, शुक्रबार
  • 329 पटक पढिएको

म्याग्दी, १५ भदौ । ब्रेन ट्यूमर रोगबाट पीडित भएका रघुगंगा गाउँपालिका– २ राखु भगवतीका ३५ बर्षिय हरि दमाईलाई विभिन्न देशमा रहेका राखुका युवाहरुले १ लाख ३६ हजार ५१७ रुपैयाँ आर्थिक सहयोग उपलब्ध भएको छ ।
काठमाण्डौस्थित क्यान्सर सेन्टर अस्पतालमा उपचार गराईराखेका दमाईलाई विभिन्न देशमा रोजगारमा रहेका साथीहरुले सो आर्थिक सहयोग संकलन गरेर उपलब्ध गराएका हुन् ।

उपचारमा राखु समाज अष्ट्रेलियाद्वारा ६० हजार ८९२ रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । सचिव कृष्ण भण्डारीको नेतृत्वमा संकलन भएको सो रकममा अष्ट्रेलियामा रहेका राखु भगवतीका भगवान भण्डारी, विषन भण्डारी, ईश्वर खत्री, मिम खत्री, शिव ठकुरी, नविन भण्डारी, रसिला परियार र कृष्ण भण्डारीले उपचारमा सहयोग गर्नुभएको थियो ।

त्यस्तै साउदीमा रहेका रघुगंगा गाउँपालिका वडानम्वर २ माछखर्कका धुव्र बुढाथोकीको नेतृत्वमा ३३ हजार १४५ रुपैयाँ संकलन भएको थियो । त्यस्तै जापानमा रहेका सरोज परियारले अभियानमार्फत १२ हजार रुपैयाँ संकलन गरेर उपचारमा सहयोग गर्नुभएको छ ।


त्यस्तै अष्ट्रेलियामा रहेका पखटोलका पवन केसीले १० हजार र अमेरीका रहेका दिपेश केसीले १० हजार ४८० र हाल बागलुङ बस्ने लक्ष्मी केसीले १० हजार रुपैयाँ हरीको उपचारमा सहयोग गर्नुभएको छ । उपचारमा सहयोग गर्ने सबैलाई उपचारत हरी दमाईले धन्यवाद ब्यक्त गर्नुभएको छ ।

पोखरामा उपचार(अप्रेशन) प्रश्चात टाउँकोमा ब्रेन ट्यूमर भएको समस्या डाक्टरले पत्ता लगाएपछि थप उपचारका काठमाडौंस्थित क्यान्सर सेन्टरमा रिफर गरेको थियो ।

काठमाण्डौस्थित क्यान्सर सेन्टर अस्पतालमा उपचारमा ६ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने भएपछि उपचारत हरी दमाईले मिडियामार्फत उपचारका लागि स्वदेश तथा विदेशमा रहेका साथीभाई आफन्तलाई आर्थिक सहयोगको लागि अपिल गर्नुभएको थियो ।