म्याग्दी समाचार

मुस्ताङमा पहिचान भयो वैकल्पिक पदमार्ग

म्याग्दी–पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिए । लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान... पुरा पढ्नुहोस

म्याग्दीका प्रकाश पुन हङकङका लागि नेपाली पर्यटन दूतमा नियुक्त

म्याग्दीका प्रकाश पुन हङकङका लागि नेपाली पर्यटन दूतमा नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको मन्त्रीस्तरीय बैठकबाट हङकङमा व्यवसाय गर्दै आउनुभएका पुनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । प्रवासी म्याग्देलीहरुलाई गोलबद्ध गर्ने अभियानको नेतृत्व गर्नुभएका पुन म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तराष्ट्रियको संस्थापक अध्यक्ष, ब्रिटीस आर्मीबाट अवकास... पुरा पढ्नुहोस

नेपाल शिक्षक संघ म्याग्दीको प्रतिनिधि सभा सम्पन्न 

  नेपाल शिक्षक संघ म्याग्दीले चौबिसौ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछानेले शिक्षकको वर्तमान अवस्था, आन्दोलनको औचित्य लगायतमा आफ्नो धारणा व्यक्त गर्दै पालिका अध्यक्षहरूले उठाएका जिज्ञासाहरू मेटाउनु भएको थियोे । नेपाली कांग्रेसका उपसभापति केवि भण्डारी, पूर्व अध्यक्षहरू अजय... पुरा पढ्नुहोस

म्याग्दीको उद्योग बाणिज्य संघको १२ औँ अधिवेशन सुरु (तस्बिर सहित)

म्याग्दी उद्योग वाणिज्य संघको ३० औ साधारणसभा तथा १२ अधिवेशन बेनीमा सुरु भएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । कार्यक्रमको शनिवार नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्नुभयो । अधिवेशनको उद्घाटन गर्दै महासंघका अध्यक्ष ढकालले म्याग्दीको विकासको लागि लगानीमैत्री वातावरण बनाउने संकल्प... पुरा पढ्नुहोस

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री

बगलुङ, १९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई आज सम्बोधन गर्दै उहाँले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकुल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताउनुभयो । “गुरूकुल वेदविद्याश्रमबाट उत्पादित जनशक्ति धर्मसंस्कार संस्कृतिको संरक्षण... पुरा पढ्नुहोस

धनेश्वरी–तारानाथ स्मृति कोषले पत्रकार गौतम सहित साहित्यकार र पाँच जना बिद्यार्थी पुरस्कृत

धनेश्वरी–तारानाथ स्मृति कोषले म्याग्दीका एक जना पत्रकार,साहित्यकार र पाँच जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । शिक्षा तथा धार्मिक ब्यक्तित्व धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले शिक्षा, पत्रकारिता, साहित्य विधामा योगदान पु¥याउनेलाई सम्मान गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको थियो । बेनी नगरपालिका–५,पूलाचौरस्थित जनकल्याण माविमा आयोजित एक समारोहमा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम,साहित्यकार... पुरा पढ्नुहोस

एमाले धवलागिरि गाउँपालिकाको दोस्रो अधिवेशन, अध्यक्षमा  कार्की

फागुन १८, म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको आज (शुक्रवार) सम्पन्न दोस्रो अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । अधिवेशनले गाउँपालिका कमिटीको उपाध्यक्षमा सुवादेवी पूर्जा, सचिवमा कुलबहादुर घर्ती, उपसचिवमा केशव गर्बुजा र सुशील घर्ती चयन भएको एमाले म्याग्दीले जनाएको छ । ‘समृद्ध... पुरा पढ्नुहोस

पर्यटक डाक्दै करबाकेली (फोटो फिचर)

म्याग्दी, १८ फागुन । अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जंगल’ले समय गएको पत्तो दिँदैन् । डाँडामा बनेका धार्मिक थरोहरका थानहरुले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृष्यहरुले पर्यटकहरुलाई लोभ्याइरहेको हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा पुग्ने पर्यटकहरुले यस्तै अनुभूति गर्न पाउँछन् । पुन... पुरा पढ्नुहोस

कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर

बेनी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिकाले कृषकको गोठमै पुगेर पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर गरेको छ । गाईभैसी पालक र दूध उत्पादक कृषकहरुका लागि बिहिबार वडा नम्बर ७ को कुरिलाखर्क ढुङ्गाना कृषि फार्ममा बेनी नगरपालिकाको पशु सेवा शाखाले शिविर गरेको हो । शिविरमा बेनी नगरपालिकाको ६, ७, ८... पुरा पढ्नुहोस

बेनी नगरपालिका भित्र हुक्का निषेध

बेनी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिकाका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध(निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धुम्रपान गर्ने बस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भिर असर पार्ने र युवायुवतिलाई कुलतमा फसाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधवारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो । गत माघ २५ गतेको नगर कार्यपालिकाको... पुरा पढ्नुहोस