म्याग्दी समाचार
रणवाङमा स्वास्थ्य चौकी भवन निर्माण
- 1 बर्ष, 9 महिना अगाडि
- २५ माघ २०८०, बिहीबार
म्याग्दीको मंगला गाउँपालिका– २ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपांगतामैत्री भवन निर्माण गरेको हो। दुईतले नौकोठे भवन निर्माण भएको मंगला गाउँपालिका २ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए। ‘बाबियाचौर स्वास्थ्य चौकी स्थापनाकालदेखि नै सहस्रधारामा रहेको सामुदायिक भवनको एउटा... पुरा पढ्नुहोस
मोना स्पेनद्धारा विपन्नको उपचारमा रु १ लाख ८१ हजार बढी सहयोग प्रदान
- 1 बर्ष, 9 महिना अगाडि
- २४ माघ २०८०, बुधबार
म्याग्दी प्रवासी नेपाली संघ (मोना) स्पेनले जिल्लाका विभिन्न ठाउँका विरामीको उपचारको लागि रु १ लाख ८१ हजार बढी सहयोग गरेको छ । मोना स्पेनले म्याग्दीको रघुगंगा गाउँपालिका–६ का क्यान्सर पीडित गनबहादुर शेरपुजा, बेनी नगरपालिका–३ भकिम्लीका मृगौला पीडित स्मृति छन्त्याल पुन र बेनी नगरपालिका–१० पात्लेखेतकी क्यान्सर पीडित मनिसा पाईजा (मोनीका)को उपचारमा... पुरा पढ्नुहोस
मौवाफाँटमा प्रारम्भिक बालविकास शिक्षकहरुलाई तालिम सुरु
- 1 बर्ष, 9 महिना अगाडि
- २४ माघ २०८०, बुधबार
म्याग्दी २४ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा प्रारम्भिक बालविकास शिक्षकहरुलाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिका र लर्नको साझेदारीमा उक्त तालिम सुरु गरिएको हो । जानोदय माविमा पाँच दिनसम्म सञ्चालन हुने तालिममा वडा नम्बर १, २ , ३ र ४ मा रहेका विद्यालयका १८ जना प्रारम्भिक बालविकास शिक्षकहरुको... पुरा पढ्नुहोस
महिला सहकारीहरुलाई सूचना प्रणाली सम्वन्धी तालिम सुरु
- 1 बर्ष, 9 महिना अगाडि
- २४ माघ २०८०, बुधबार
म्याग्दी, २४ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा महिला सहकारी संस्थाका प्रवन्धकहरुलाई सहकारी तथा गरिबी सम्वन्धी (सूचना प्रणाली) COPOMIS सम्वन्धी तालिम सुरु भएको छ । गाउँपालिकाभित्र रहेका महिला सहकारीका प्रवन्धक र लेखापालहरुका लागि दुई दिने तालिम सञ्चालन गरिएको हो । तालिममा गाउँपालिकाभित्र रहेका नौ वटा महिला सहकारीबाट प्रतिनिधिहरुले सहभागीता जनाएको रघुगंगा... पुरा पढ्नुहोस
प्रदेशभरको रुट खारेजीको माग गर्ने व्यवसायीलाई यातायात मन्त्रीले नाजवाफ बनाएर फर्काए
- 1 बर्ष, 9 महिना अगाडि
- २४ माघ २०८०, बुधबार
पोखरा, २३ माघ । गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावलीको विरोध गर्दै ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीलाई विभागीय मन्त्री रेशम बहादुर जुग्जालीले नाजवाफ बनाएर फर्काइदिनु भएको छ । यातायातसँग सम्बन्धित ६ वटा संघसंस्थाले मंगलबार सरकारको नियमावलीको विरोध गर्दै सच्याउन अल्टिमेटमसमेत मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका थिए । नियमावलीका केही नियम खारेज गर्नुपर्ने... पुरा पढ्नुहोस
मल्कबाङका हिराप्रसाद तुलाचनका कथा : ‘गाउँमा जन्मिए, देश–विदेश घुमे, गोठमा जीवन विताए’ (फोटो फिचर)
- 1 बर्ष, 9 महिना अगाडि
- २३ माघ २०८०, मंगलवार
बेनी, २३ माघ : शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० बर्ष पार गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ । उमेरले बुढ्यौली लागेर न्यानो र आरामदायी जीवनयापन खोज्न थाले... पुरा पढ्नुहोस
प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस : स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया
- 1 बर्ष, 9 महिना अगाडि
- २२ माघ २०८०, सोमबार
म्याग्दी २२ माघ । ‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपालको २६औं स्थापना दिवस सोमबार देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । यसैक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा पनि म्याग्दी सदरमुकाम बेनीमा ‘स्थानीय तहको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया... पुरा पढ्नुहोस
सुशिल हत्या घटनाका एघार अभियुक्त प्रहरी नियन्त्रणमा
- 1 बर्ष, 9 महिना अगाडि
- २२ माघ २०८०, सोमबार
म्याग्दी, २२ माघ । म्याग्दीको सदरमुकाम बेनीमा धारिलो हतियार प्रयोग गरेर एक युवाको हत्यामा संलग्न भएकाहरु मध्य प्रहरीले अहिले सम्म एघार जना अभियुक्तहरुलाई नियन्त्रणमा लिएको छ । माघ ११ गते साँझमा बेनीको न्युरोडमा युवाहरुको दुई समुहकाबीच ग्याङफाइट हुँदा रघुगंगा गाउँपालिका १ बेग घर भई हाल बेनी नगरपालिका ८ पिपलचोक वस्ने... पुरा पढ्नुहोस
मालढुङ्गा–बेनी सडक : एक महिनामा प्रगति नदेखिए ठेक्का तोड्ने चेतावनी
- 1 बर्ष, 9 महिना अगाडि
- २२ माघ २०८०, सोमबार
२२ माघ, पर्वत । कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई प्रगति देखिने गरी काम गर्न एक महिनाको समय दिइएको छ । काम सक्नुपर्ने अवधि सकिएर पटकपटक म्याद थप गर्दा कामको प्रगति नदेखिएपछि अन्तिम चेतावनीका रुपमा एक महिनाको समय दिइएको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमले जनाएको छ... पुरा पढ्नुहोस
अमरज्योती माविको ६१ औ वार्षिकोत्सव मनाईयो
- 1 बर्ष, 9 महिना अगाडि
- २१ माघ २०८०, आईतवार
डाडागाउँ, २१ माघ । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले आइतबार ६१ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गाउँबाट बसाईसराई कम गर्नका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड दिनुभयो । आधारभूत विकासका पूर्वाधारको सुविधा र अवसर सिर्जना गरेर गाउँबाट सहर र विदेशिने... पुरा पढ्नुहोस