मुलुक

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति माथि परेको रिट खारेज

काठमाण्ठौ – सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति गैरकानुनी भएको दाबीसहित परेको दायर रिट खारेज गरेको छ । पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट दायर रिट न्यायाधीश सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासले खारेज गरेको हो । निवेदका तर्फबाट गरिएको मागदाबी नपुग्ने सर्वोच्चको आदेशमा उल्लेख छ । मुख्यमन्त्रीको बहुमत... पुरा पढ्नुहोस

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी

 इलाम, १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार नेम्वाङलाई, नेकपा माअाेवादी केन्द्,... पुरा पढ्नुहोस

पर्वतमा धमाधम विद्यालय समायोजन

पर्वत, १७ वैशाख : विद्यार्थी सङ्ख्या घट्दै गएपछि जलजला गाउँपालिकाले २५ विद्यालय समायोजन गरेको छ । पालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन गरी नजिकको अर्को विद्यालयमा गाभिएको हो । गाउँपालिकाभित्र सञ्चालित आधारभूत र माध्यमिक गरी ४४ विद्यालय मध्ये २५ विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून भएपछि तह समायोजन गरिएको... पुरा पढ्नुहोस

म्याग्दीमा ‘हाई भोल्टेज’ले ६० घरमा क्षति, पाँच जना घाइते

म्याग्दी, वैशाख १७- अन्नपूर्ण गाउँपालिका–६, घारमा हाई भोल्टेज करेण्ट प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ। पाँच जना घाइते भएका छन्।  घारका वडाध्यक्ष रामबहादुर खड्काका अनुसार आइतबार विद्युतको मुख्य र वितरण लाइनमा उच्च गतिको विद्युत प्रवाह भएर आगलागी भएको हो ।      आगलागीबाट घारको ओडारे, भुवानीथान, भुन्या, इदार, बिरौटा... पुरा पढ्नुहोस

फुपुकी छोरीको हत्या गरेको आरोपमा कुहुँका एक जना ९ वर्षपछि पक्राउ

हत्या गरेर फरार भएको ९ वर्षपछि एक युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले म्याग्दीको तत्कालीन कुहु गाविस-५ हालको मंगला गाउँपालिका- १ का   ४७ वर्षीय समरबहादुर सार्कीलाई ९ वर्षपछि शनिबार पक्राउ गरेको हो। कार्यालयकी डिएसपी सुरक्षा केसीका अनुसार उनीमाथि ९ वर्षअघि आफ्नै फुपुकी छोरी सुनमाया किसान (सार्की)को हत्या... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठको सामाजिक संघ संस्थालाई सहयोग

बेनी, १३ वैशाख । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरेर जन्मदिन मनाउनु भएको छ । बेनी नगरपालिका–७ संगमचोक निवासी श्रेष्ठले जन्मदिनको अवसरमा बिहिबार मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि रु. २५ हजार र चितवनको भरतपुर महानगरपालिका–१२ नौरङगेमा अनाथ बालबालिका संरक्षण तथा आवास... पुरा पढ्नुहोस

जोखिममा हिमताल, सावधानीको खाँचो

गण्डकी, १० वैशाखः मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे । वीरेन्द्र हिमतालबारेका खबरले दिनभरजसो सञ्चारमाध्यममा राम्रो... पुरा पढ्नुहोस

पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल लियो गति

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो ।... पुरा पढ्नुहोस

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

गलेश्वर (म्याग्दी), वैशाख ७- । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् । म्याग्दी–मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरीचौकीमा रहेको तथ्याङ्कअनुसार गत वर्षको वैशाख १ गतेदेखि चैत मसान्तसम्म चार लाख १४ हजार दुई सय ८० जना आन्तरिक तथा बाह्य पर्यटक... पुरा पढ्नुहोस

मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु

म्याग्दी । हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको संख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालु आवको असोजदेखि चैतसम्म मात्रै मुस्ताङ... पुरा पढ्नुहोस