मुलुक

एमाले स्थायी कमिटीलाइ चुनौती दिँदै सुदूरपश्चिम सरकारको समर्थन फिर्ता नलिने निर्णय

धनगढी १२ जेठ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल... पुरा पढ्नुहोस

ओली विरुद्ध प्रतिरोधमा उत्रिन नेता नेपालद्धारा आह्वान

काठमाण्डौ ११ जेठ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि वरिष्ठ नेता माधव कुमार नेपालले कारबाहीलाई औचित्यहीन, अनाधिकारिक र अर्थहीन भएको प्रतिक्रिया दिएका छन् । कारबाहीको भोलिपल्ट एक अपील जारी गर्दै नेता नेपालले ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति... पुरा पढ्नुहोस

सीसीएमसीको प्रमुखमा सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त

काठमाण्डाै ११ जेठ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हाे । पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए ।... पुरा पढ्नुहोस

खनाल र नेपालसहित ११ जना एमाले पार्टी सदस्यबाट निष्काशन,थप १२ जना नेताहरुलाई स्पष्टीकरण

काठमाडौं १० जेठ । नेकपा एमालेचित्रको विवाद थप उत्कर्षमा पुगेको छ । विवादको रुप बढ्दै जादा पार्टी विभाजनको औपचारिक घोषणा हुने अवस्थामा पुगेको छ । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी... पुरा पढ्नुहोस

अध्यादेशबाट बजेट ल्याउने सरकारको तयारी

काठमाण्डाै १० जेठ । प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक बर्षका लागि अध्यादेशबाट बजेट ल्याउने बताएका छन् । बालुवाटारमा आफ्नो दल निकट पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले अध्यादेशबाट ल्याउने बजेटका लागि एउटा औपचारिक बाचन कार्यक्रम राखिने जानकारी दिए । उनले भने–‘त्यसको जारी औपचारिक रुपमा सम्माननीय राष्ट्रपतिबाट हुनेछ । बजेट सस्तो लोकप्रियता अथवा चुनाव... पुरा पढ्नुहोस

प्रतिगमन २ को डटेर प्रतिवाद गरौं : एमाले वरिष्ठ नेता नेपाल

जेठ ८, काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ भएकोले डटेर प्रतिवाद गर्न आग्रह गरेका छन् । शनिवार बिहान आफ्नो बिचार सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउँदै फेरी प्रतिगमन दोहोरिएको बताएका छन्... पुरा पढ्नुहोस

राष्ट्रपतिद्वारा संसद भंग, दुई चरणमा निर्वाचन मिति घोषणा

काठमाडौं ८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति तोकेकी छन् । शुक्रबार मध्यरात बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेको एक घन्टाभित्रै राष्ट्रपति कार्यालयले राति १ बजेर ५० मिनेटमा संसद भंग र नयाँ निर्वाचन मितिको घोषणासहित विज्ञप्ति... पुरा पढ्नुहोस

मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

  काठमाडौं ७ जेठ। संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको... पुरा पढ्नुहोस

प्रधानमन्त्रीमा देउवा र ओलीको दाबी, कस्लाई आधिकारिकता दिन्छ शीतल निवासले ?

काठमाडौं ७ जेठ । नयाँ सरकार गठनको लागि राष्टपतिले दिएको समयसिमाभित्र विपक्षि गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपि शर्मा ओलीको दावि परेको छ । काँग्रेस, माओवादी केन्द्रका साथै जनता समाजवादी पार्टीको उपेन्द्र यादम बावुराम पक्ष र एमालेकै माधवकुमार नेपाल पक्षका साँसदहरुको समर्थनमा काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दावि... पुरा पढ्नुहोस

सिंहदरबारमा विपक्षी तीन दलको छलफल सुरु

काठमाडौं ७ जेठ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९५० बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् । छलफल कांग्रेस संसदीय... पुरा पढ्नुहोस