बागलुङमा पौडी खेल्न क्रममा डुबेर युवतीको मृत्यु

  • १९ श्रावण २०७८, मंगलवार
  • 624 पटक पढिएको

बागलुङ १९ साउन । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ७ रेश काफलबोटमा पौडी खेल्ने क्रममा एक युवतीको ज्यान गएको छ । घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा मंगलबार दिउँसो डुबेर २० वर्षीया मनकुमारी कार्कीको मृत्यु भएको स्थानीय विरेन्द्र जिसीले जानकारी दिए ।

उनीसँगै पौडी खेल्न गएका बहिनी १४ वर्षीया सिवानी कार्की भने सकुशल छन् । खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको सूचना पछि स्थानीय युवाहरुले पौडिएर खोज्ने क्रममा दहको बिच भागमा गाडिएको अवस्थामा फेला परेको जिसीको भनाइ छ ।

घटनालगत्तै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए । खबरपछि प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । मृतक कार्की काठेखोलाकै भिमसेन माविमा कक्षा १२ मा अध्ययनरत थिए ।