मुलुक

म्याग्दीमा थप ७४ जनामा कोरोना संक्रम‌णको पुष्टि

म्याग्दी,१३ जेठ ।   म्याग्दीमा  विहिबार थप ७४ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा १३जना , मालिका गाँउपालिकामा ३जना , अन्नपुर्ण गाँउपालिकामा २ जना , मंगला गाँउपालिकामा ३०, धौलागिरी गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा ३ जना र जलजला गाउँपालिकाका १जना गरी ५३ जना (पिसिआर बिधिबाट)... पुरा पढ्नुहोस

संसद विघटनविरुद्धका रिटको सुनुवाइ सुरु

काठमाडौं १३ जेठ । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ सुरु भएको हो । पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ । जोशीले बहस सुरु गरेका छन् । अन्तरिम आदेश माग गरिएका १९ रिटहरुको सुनुवाइ... पुरा पढ्नुहोस

‘यास’ चक्रवातको प्रभाव स् भारी वर्षासँगै हिमपातको सम्भावना

जेठ १३, म्याग्दी । बंगालको खाडीबाट आएको ‘यास’ चक्रवातको प्रभावका कारण औसतभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरब सागरमा विकसित ‘ताउ–ते’ चक्रवात आएको करिब नौ दिनको फरकमा बंगाल खाडीबाट आएको ‘यास’ चक्रवातको बिहीबार नेपालमा आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार उक्त चक्रवातको प्रभावका कारण बिहीबार... पुरा पढ्नुहोस

नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलव्ध गराउने चीनको घोषणा

काठमाण्डौ १२ जेठ । चीनले नेपाललाई थप १० लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको टेलिफोन कुराकानीमा उक्त सहमति भएको हो । टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्काल १० लाख डोज खोप अनुदान सहयोग गर्ने... पुरा पढ्नुहोस

गण्डकीमा थप १ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा १२ जेठ। गण्डकी प्रदेशमा थप १ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा ११ वटै जिल्लामा संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेशका ११ वटा जिल्लामा गरिएको नमूना परिक्षणमा ४८० महिला र ५९९ पुरुषसहित १ हजार ७९ जनामा कोरोना संक्रमण... पुरा पढ्नुहोस

एमाले स्थायी कमिटीलाइ चुनौती दिँदै सुदूरपश्चिम सरकारको समर्थन फिर्ता नलिने निर्णय

धनगढी १२ जेठ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल... पुरा पढ्नुहोस

ओली विरुद्ध प्रतिरोधमा उत्रिन नेता नेपालद्धारा आह्वान

काठमाण्डौ ११ जेठ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि वरिष्ठ नेता माधव कुमार नेपालले कारबाहीलाई औचित्यहीन, अनाधिकारिक र अर्थहीन भएको प्रतिक्रिया दिएका छन् । कारबाहीको भोलिपल्ट एक अपील जारी गर्दै नेता नेपालले ओलीले नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति... पुरा पढ्नुहोस

सीसीएमसीको प्रमुखमा सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त

काठमाण्डाै ११ जेठ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हाे । पूर्वरथी शर्माले नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरेका थिए ।... पुरा पढ्नुहोस

खनाल र नेपालसहित ११ जना एमाले पार्टी सदस्यबाट निष्काशन,थप १२ जना नेताहरुलाई स्पष्टीकरण

काठमाडौं १० जेठ । नेकपा एमालेचित्रको विवाद थप उत्कर्षमा पुगेको छ । विवादको रुप बढ्दै जादा पार्टी विभाजनको औपचारिक घोषणा हुने अवस्थामा पुगेको छ । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी... पुरा पढ्नुहोस

अध्यादेशबाट बजेट ल्याउने सरकारको तयारी

काठमाण्डाै १० जेठ । प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक बर्षका लागि अध्यादेशबाट बजेट ल्याउने बताएका छन् । बालुवाटारमा आफ्नो दल निकट पत्रकारहरूसँगको अन्तर्क्रियामा उनले अध्यादेशबाट ल्याउने बजेटका लागि एउटा औपचारिक बाचन कार्यक्रम राखिने जानकारी दिए । उनले भने–‘त्यसको जारी औपचारिक रुपमा सम्माननीय राष्ट्रपतिबाट हुनेछ । बजेट सस्तो लोकप्रियता अथवा चुनाव... पुरा पढ्नुहोस