ताजा अपडेट

म्याग्दी महोत्सवको अवसरमा बेनीमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु

म्याग्दी, २ माघ । म्याग्दी महोत्सवको अबसरमा बेनीमा मंगलबारदेखि स्थानीय तह स्तरीय भलिबल र बास्केटवल खेलकुद प्रतियोगिता सुरु भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष÷ महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता सुरु भएको । प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङका स्थानीय तहबाट खेलाडीहरुले सहभागिता... पुरा पढ्नुहोस

बेनीमा बिसौ भुकम्प सुरक्षा दिवस मनाइयो

बेनी, २ माघ । म्याग्दीको बेनीमा मंगलबार बिसौ भुकम्प सुरक्षा दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बेनीमा सन्देशमुलक र्‍यालीको आयोजना गरेर दिवस मनाइएको हो । जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक र विद्यार्थीहरुको ¥यालीले बजार परिक्रमा गरेर प्रशासन कार्यालय अगाडी पुगेर समापन गरिएको थियो । ¥यालीको क्रममा भुकम्पबाट... पुरा पढ्नुहोस

गायीका छन्त्याल र गायक गर्वुजाको ‘ निगाली गाँजैमा’ सालैजो बजारमा (भिडियो सहित)

म्याग्दी, २ माघ । म्याग्देली गायीका आश्मा छन्त्यालले निगाली गाँजैमा बोलको सालैजो गित बजारमा ल्याएकी छिन् । गायीका आश्मा छन्त्याल र गायक खड्क गर्बुजाको स्वरमा रहेको सो गितलाई साथिभाई डिजिटल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो । https://youtu.be/X5KvVpSiUf8 म्याग्देली कलाकार प्रविन खत्रीको शब्द तथा लालु परियारको लय र रामु विरहीको एरेन्जमा... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवमा ज्योती मगरको धमाका

  म्याग्दी, २ माघ । सदरमुकाम बेनीबजार आयोजित छैटौ म्याग्दी महोत्सव एवम् माघेसक्रान्ती मेला संगितमय बन्दै गएको छ । महोत्सवको चौथो दिन आईतबार चर्चित राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुतीले महोत्सव संगितमय बन्दै गएको हो । माघेसक्रान्ति पर्व माघ १ गतेका दिन राष्ट्रिय कलाकार ज्योती मगर लगायतका कलाकारको प्रस्तुतीले दर्शकको भिड... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवमा ज्योती मगरले के गरिन यस्तो ? सर्वत्र उनैको चर्चा र आलोचना(भिडियो सहित)

https://www.youtube.com/watch?v=yRWlK0mqFEg   म्याग्दी, २ माघ । बेनीमा जारी छैटौं म्याग्दी महोत्सव तथा माघेसंक्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला संगीतमय बन्न थालेको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीले महोत्सव संगीतमय बनेको हो । महोत्सवको चौथो दिन पनि चर्चित राष्ट्रिय कलाकारहरुले आफ्नो साँगेतिक प्रस्तुतीहरु राखेका छन्... पुरा पढ्नुहोस

धौलागिरिमै पहिलो पटक म्याग्दी महोत्सवमा ‘एरोविक डान्स’ देखाईयो (भिडियो सहित)

म्याग्दी, २ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा धौलागिरिमै पहिलो पटक ‘एरोविक डान्स’ देखाईएको छ । फ्रि स्टार डान्स ग्रुप बेनीले निकै आकर्षक मानिने ‘एरोविक डान्स’ देखाएको हो । ग्रुपका सक्रिय कलाकार राजकुमार परियारले कोरियोग्राफ गरेको सो नाचलाई महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले निकै रुचाएका थिए । भिडियो https://youtu.be/DH_e4iMbfp0... पुरा पढ्नुहोस

चैतको तेस्रो साता दोस्रो सहकारी महासम्मेलन हुदै

बागलुङ, ३० पौष ।  सहकारीका माध्यमबाट नेपालमा भएका उपलब्धीहरुको  समिक्षा गरी थप प्रभावकारी बनाउने लगायतका उदेश्य राखेर आगामी चैतको तेस्रो साता काठमाडौंमा दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ ।   नेपाल सरकार सहकारी तथा गरिवी निवारण मन्त्रालय र सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ मुख्य आयोजक तथा सहकारीका... पुरा पढ्नुहोस

माघे संक्रान्ति पर्वको अबसरमा छन्त्याल समाज पोखरामा भलिबल प्रतियोगिता सुरु ( भिडियो सहित )

पोखरा, २ माघ । माघे संक्रान्ति पर्वको अवसरमा सोमबार देखि पोखराको नदीपुर स्थित छन्त्याल समाज घरमा अन्तर क्लव स्तरिय महिला ÷ पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा म्याग्दीको मण्डली युवा क्लवले आयोजक छन्त्याल युवा संघको बी समुहलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।... पुरा पढ्नुहोस

बेनीमा कृषि मेला प्रर्दशनी सम्पन्न

बेनी २ माघ । बेनीमा सोमबार बृहद कृषि मेला प्रर्दशनी सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालयले छैठौ म्याग्दी महोत्सवको अवसरमा आयोजना गरेको प्रर्दशनी तिन दिनसम्म सञ्चालन भएको थियो । उत्कृष्ट फसल प्रर्दशनी गर्ने २८ जना कृषकहरुलाई समापनका क्रममा पुरस्कृत गरिएको छ । सात... पुरा पढ्नुहोस

म्याग्दी महोत्सव : तस्वीर प्रदर्शनीमा दर्शकको आकर्षण बढ्यो (फोटो फिचर)

  म्याग्दी, १ माघ । म्याग्दी महोत्सवमा जारी तस्बिर प्रदर्शनीले अवलोकनकर्तालाई आकर्षित गरेको छ । म्याग्दीको ५० बर्ष पुराना तस्बिरहरु समेत प्रदर्शनीमा राखिएपछि महोत्सव अवलोकन गर्न आउनेहरुलाई त्यसतर्फ ध्यान केन्द्रित गरेको हो । म्याग्दी जिल्लाका सबै स्थानीय तहका पर्यटकीय क्षेत्रहरुलाई समेटीएको तस्बिर प्रदर्शनीमा म्याग्दीको सम्भावनाबारे बृत्तचित्र समेत प्रदर्शन गरिएपछि अवलोकनकर्ताहरुको... पुरा पढ्नुहोस