ताजा अपडेट

बलात्कारीलाई जन्मकैदको सजाँय हुने गरि कानुन संशोधन हुन्छ : मन्त्री थापा

म्याग्दी, १ वैशाख । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले मुलुकमा भैरहेको महिला हिंसाको घटना न्युनिकरणको लागि कानुन संशोधन आबश्यक रहेको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा रहेको महादेव माविको स्वर्णजयन्ती समारोह एवम् विद्यालय पुननिर्माण अभियानको थालनी गर्दै शनिवार मन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो... पुरा पढ्नुहोस

जग्गादातालाई सम्मान

म्याग्दी १ बैशाख । म्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङ दिही स्थित सहयोगी आमा समूहले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने व्यक्तिलाई शनिबार सम्मान गरेको छ । चार कोठे भवन निर्माणका लागि २५ हात पिछाड र १८ हात मुहाड भएको चार लाख रुपैया मूल्य बराबरको घडेरी उपलब्ध गराउनुभएका स्थानीय नेत्रबहादुर बुढा... पुरा पढ्नुहोस

तीनसय बर्ष पूरानो गुठी समस्याबारे मन्त्री थापाको ध्यानाकर्षण

म्याग्दी, १ वैशाख । म्याग्दीको भगवति, पिप्ले र दोवा क्षेत्रमा तीन सय बर्ष पुरानो गुठी जग्गाको समस्या समाधान गर्न स्थानीयले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थपमायाँ थापाको ध्यानाकर्षण गराएका छन् । शनिबार भगवतिस्थित मैदानमा रघुगंगा वडा नम्बर २ को कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा स्थानीय समाजसेवी देवेन्द्र बहादुर मल्लले... पुरा पढ्नुहोस

२०७५ सालको सुर्योदय

म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिलबाट देखिएको नयाँ बर्ष २०७५ सालको पहिलो दिन आज विहान भएको सूर्योदयको मनमोहक दृष्य पुरा पढ्नुहोस

मादले मारुनी नृत्य

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा पुख्र्यौली मादले मारुनी नाच देखाउनको लागि तयार भएका कलाकारहरु । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

भगवती मैदान पुननिर्माण सुरु, अपुग बजेटको लागि आर्थिक संकलन तिब्र

म्याग्दी, ३० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीमा रहेको ऐतिहाँसिक खेलकुद मैदानको पुननिर्माण सुरु गरिएको छ । रघुगंगा गाउँपालिका कार्यालय र अन्य सहयोग दाताहरुको सहयोगमा आर्थिक संकलन गरि उक्त खेलमैदानको पुननिर्माण थालिएको हो  ।राखु क्षेत्रकै पुरानो खेलमैदानको रुपमा चिनिएको यस मैदानलाई ढलान गरि पुननिर्माण गर्न थालिएको भगवती युवा क्लबका... पुरा पढ्नुहोस

बजेट अभाबले भवन निर्माण योजना अलपत्र, एउटै छाप्रोमा तीन कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता

म्याग्दी, ३० चैत । अन्नपूर्ण गाउँपालिका–६ घारको वडा कार्यालय भवन निर्माण योजना अल्पत्र परेको छ । जिल्ला प्राबिधिक कार्यालयले आर्थिक वर्ष २०७३७४ मा अन्नपूर्ण गाउँपालीका ६ घारमा साविकको गाविस भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । ०७३ असार ३० गते ठेक्का सम्झौता भएको उक्त भवन निर्माण योजना अहिले अल्पत्र... पुरा पढ्नुहोस

खारेज हुन लागेका कार्यालयको सम्पत्ती विवरण संकलन गरिदै

बेनी ३० चैत । संघीयता कार्यान्वयनसंग स्थानीय तहमा समायोजन हुन लागेका बेनी स्थित कार्यालयहरुको सम्पत्ती, दायीत्व, बजेट, योजना तथा कार्यक्रमको विवरण संकलन कार्य सुरु भएको छ । संघीय मामिला, स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन र स्थानीय तहमा सेवा प्रवाह सम्बन्धि व्यवस्था २०७४ अनुसार जिसस प्रमुख देवेन्द्र केसीको संयोजकत्वमा... पुरा पढ्नुहोस

बाबुरामले तोडे १२ वर्षदेखिको सुरक्षा घेरा

काठमाडौं– करिब १२ वर्षदेखि सुरक्षा घेरमा हिँडिरहेका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले आजदेखि सुरक्षा घेरामा नहिँड्ने निधो गरेका छन् । बिहीबार आफुलाई सुरक्षा दिँदै आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टुकडीलाई औपचारिक रुपमै विदाई गर्दै संयोजक भट्टराईले सो निर्णय गरेका हुन् ।  नयाँ शक्ति पार्टीको नेतृत्व गर्नुअघि नेता भट्टराईलाई... पुरा पढ्नुहोस

स्वर्गाश्रमको प्रचार प्रसारको लागि पुगे जनप्रतिनिधि (फोटो फिचर)

म्याग्दी, ३० चैत । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली गाउँदेखि केही माथी रहेको स्वर्गाश्रम मन्दिरमा बिहीबार एक कार्यक्रम सम्पन्न भएको छ । स्वर्गाश्रम मन्दिर र बेनपा–३ को वडा कार्यालयको आयोजना तथा बेनी नगरपालिकाको पहलमा मन्दिरमा औपचारिक कार्यक्रम गरिएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर ४ का सदस्य विनोद केसीले जिल्लाका... पुरा पढ्नुहोस