आफन्तको स्मृतिमा बाटो निर्माण

  • ८ चैत्र २०७५, शुक्रबार
  • 2069 पटक पढिएको

सेते तिलीजा
शिख ८ चैत । अन्नपूर्ण गाउँपालिका ५ शिखमा एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा स्वास्थ्य चौकी सम्म पूग्ने बाटो निर्माण सुरु गरेका छन् । शिख देउरालीको मुल सडक देखि स्वास्थ्य चौकी सम्म पुग्ने पक्कि सडक निर्माण गर्न लागेका हुन् । शिखको स्वाँतका स्वर्गीय भनदेव तिलीजाको स्मृतिमा बेलायतमा बसोबास गर्दै आउनुभएका उहाँका नाती पनातीहरुले करिब दुई सय मिटर सडक बनाउन लाग्नुभएको हो ।

तिलीजा परिवारका सदस्यहरुले कामदार परिचालन गरेर सडक निर्माणको काम सुरु गरेका छन् । बाटो बनाउन छ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । स्वास्थ्य चौकीसम्म सडक सुबिधा भएमा बिरामीहरुलाई उपचारका लागि जान आउन सहज हुने शिख्तानी समाज पोखराका अध्यक्ष बलबहादुर तिलिजाले बताउनुभयो । सडक निर्माणमा खटिनुभएका तिलिजाले स्वास्थ्य चौकी परिसर सम्मनै गाडी पु¥याउन सकिने बताउनुभयो ।