ताजा अपडेट

ढलान गरेको रड सडकमा यत्रतत्र भएपछि दुर्घटनाको जोखिम (तस्बिर)

म्याग्दी, २३ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी स्थित गौथलीको उकालोमा ढलान गरेको सडक जिर्ण भएपछि दुर्घटनाको जोखिम भएको छ । तीन बर्ष अघि ढलान गरेको सडकमा अहिले ढलान गर्दा प्रयोग भएका रड बिच सडकमै यत्रतत्र भएका छन भने सवारी साधन र पैदलयात्रीहरुलाई समेत दुर्घटनाको जोखिम बढाएको छ । बिच... पुरा पढ्नुहोस

म्याग्दीको भकिम्ली राखु गाउँबाट डेढ करोडको सुन्तला बिक्री

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ । राखुगाउँका एउटै किसानले रु पाँच लाखदेखि रु नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन् । राखुकी मनकुमारी पुनले यस... पुरा पढ्नुहोस

पदक दिलाउने खेलाडीलाई बेनी नगरपालिकाको नगद सहित सम्मान

बेनी, २२ पुष । बेनी नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक दिलाउने खेलाडीहरुलाई आइतबार नगद सहित सम्मान गरेको छ । बेनीमा शनिबार सम्पन्न नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बेनी नगरपालिकाले १५ स्वर्ण, १२ रजत र ७ कास्य पदक जितेको थियो । नगरपालिकाले लगातार... पुरा पढ्नुहोस

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीको अध्यक्षमा नारायण शर्मा

  ‘व्यवसाय संरक्षण र साङ्गठनिक सशक्तिकरण हाम्रो अभियान’ भन्ने मूल नारासहित नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १५औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन शनिवार  म्याग्दीको बेनीमा सम्पन्न भएको छ । अधिवेशनले शाखाको जिल्ला अध्यक्षमा नारायण शर्मा, उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ, सचिवमा ध्रुवराज सुवेदी, कोषाध्यक्षमा शान्ति पौडेल आचार्य र... पुरा पढ्नुहोस

जलविद्युत्सँगै विकासको गतिमा ग्रामीण बस्ती

म्याग्दी । म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । ६५ प्रतिशत भौतिक प्रगति भएको आयोजना आगामी १५ महिनाभित्र सम्पन्न गर्ने कार्ययोजनाअनुसार निर्माणलाई तीब्रता दिइएको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको... पुरा पढ्नुहोस

गलेश्वरधाम आमा समूहको १३ औँ साधारणसभा सम्पन्न

म्याग्दी, २२ पुस । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहको १३ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । ‘उद्यमशिल, लगनशिल, सहनशिल नारीको कामना : सहकार्य, सदभाव, संगै सम्पूर्णमा गलेश्वरधाम आमा समूहको हार्दिक शुभकामना’’ भन्ने नाराका साथ साधारणसभा सम्पन्न गरिएको हो । साधारण सभाको जिल्ला न्यायाधीस कृष्णप्रसाद नेपालले उद्घाटन... पुरा पढ्नुहोस

बालमन्दिर आधारभुत विद्यालयमै करेसावारी, करेसाबारीको तरकारी दिवा खाजामा (तस्बिर सहित)

म्याग्दी २२ पुस । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले विद्यालय परिसरमा करेसाबारी बनाएर आफैँ तरकारी उत्पादन गरी दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर फुर्सदको समयमा शिक्षकहरु घरायसी सिप सिकाउने कार्यमा विद्यार्थी समेतले तरकारी लगाउने गरिएको छ । करेसाबारीमा उत्पादन भएको तरकारी विद्यालयको... पुरा पढ्नुहोस

संगिनी वचत तथा ऋण सहकारीको नयाँ नेतृत्व चयन

बेनी, २१ पुस । म्याग्दीको बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न ११ औं साधारण सभाले पुन नयाँे कार्यकालका लागी श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा गौरी थापा मगर, सचिव देवी जिसी, कोषाध्यक्ष सर्मिला श्रेष्ठ रहनुभएको... पुरा पढ्नुहोस

म्याग्दी मुद्रण उद्योग संघको नयाँ नेतृत्व चयन

बेनी, २१ पुष । म्याग्दी मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ । संघको शनिबार बेनी नगरपालिका–६ चुत्रेनीमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनबाट खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । खत्री संघको तदर्थ समितिको पनि अध्यक्ष हुनुहुन्थ्यो । संघको उपाध्यक्षमा रुद्रप्रसाद सुवेदी, सचिवमा सन्तोष ढुङगाना, सहसचिवमा भुवन रोका... पुरा पढ्नुहोस

नवौँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी बेनी नगरपालिकालाई (तस्बिर सहित)

बेनी, २१ पुस :  म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी बेनी नगरपालिकाले जितेको छ । जिल्लाका ६ वटा स्थानीय तहबाट छनौट भएर आएका खेलाडीहरुले सहभागीता जनाएको प्रतियोगितामा १५ स्वर्ण, १२ रजत र ४ कास्य पदक सहित बेनी नगरपालिकाले उपाधी हात पारेको हो... पुरा पढ्नुहोस