ताजा अपडेट

लुलाङ–गुर्जा सडक योजना कार्यान्वयनको चरणमा

  म्याग्दी, पुस २७ गते । म्याग्दीको विकट वस्ती धवलागिरी गाउँपालिका १ गुर्जालाई सडक सञ्जालसँग जोड्ने लुलाङ–गुर्जा सडक योजना कार्यान्वयन थालिएको छ । उक्त सडक योजनाका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकार, प्रदेश र गाउँपालिका गरी करिब ६ करोड रुपियाँ बजेट खर्च गरिने भएको हो । सडक योजनाका लागि सङ्घीय... पुरा पढ्नुहोस

बागलुङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, नौ घाइते

ढोरपाटन (बागलुङ), पुस २८ गते । बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज (शनिबार) बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।­ दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीय सङ्गीता अधिकारीको... पुरा पढ्नुहोस

सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको छ–मन्त्री भुुषाल

  सिंगा, २७ पुुष ः कृषि तथा पशुुपंक्षी विकास मन्त्री वेदुराम भुषालले सरकारले बाँझो जमिन प्रयोगमा ल्याउन जोड दिएको बताउनु भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शुक्रबार हरियाली ग्रुुप प्रा.ली.को पाँचौ वार्षिक साधारणसभा उद्घाटन गर्नुहुुदै नागरिकको जिवनशैलीमा आएको परिवर्तनका कारण खेतीयोग्य जमिन बाझो बन्न थालेको बताउनुभयो । देशभर कुुल... पुरा पढ्नुहोस

म्याग्दीको रणनीतिक महत्वका दुई सडक आयोजनाको कार्यान्वयन प्रकृया सुरु

बेनी, २७ पुस । म्याग्दीको रणनीतिक महत्वका दुई वटा सडक स्तरोन्नति गर्ने आयोजना कार्यान्वयन भएको छ । चालु आर्थिक बर्ष २०८०/०८१का लागि म्याग्दीमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट बिनियोजन गरेका योजनाहरु म्याग्दीको धेरै बस्ती समेटिने, कृषि, पर्यटन र समग्र ग्रामिण विकासको आधार भएकाले रणनीतिक... पुरा पढ्नुहोस

धवलागिरि गाउँपालिकाद्धारा पत्रकार गौतम सहित खेलाडी,कलाकार र कर्मचारी पुुरस्कृत

म्याग्दी, २६ पुस । म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ म्याग्दीका सचिब सन्तोष गौतम, लोक गायक खड्ग गर्बुुजा... पुरा पढ्नुहोस

कम्प्युटर सिक्दै विद्यार्थी (तस्बिर)

बेनी, २६ पुस: म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरु कम्प्युटर बिषयको प्रयोगात्मक अध्ययन गर्दै । तस्बिर ः कमल खत्री पुरा पढ्नुहोस

बगरखोलाको अस्तित्व र चिमखोलाको स्वरुप बिग्रने गरी जलविद्युत बनाउन नदिने

बेनी (म्याग्दी), २५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबासीले बगरखोलाको अस्तित्व र गाउँको स्वरुप बिग्रने गरी जलविद्युत आयोजना बनाउन नदिने भएका छन् । रघुगंगा गाउँपालिका–७ चिमखोला भएर बग्ने बगरखोलामा मोना हाइड्रोपावर कम्पनीले ५ दशमलब ५ मेगावाट क्षमताको बगरखोला जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरेको थियो । मंगलवार वडा कार्यालयले आयोजना... पुरा पढ्नुहोस

मंगलाको बाबियाचौरमा सूचनाको हकसम्बन्धी अन्तरक्रिया

म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार) सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना आयोगको आयोजनामा अन्तत्र्रिmया गरिएको हो । स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं समूहरुसँगको उपस्थितिमा सूचनाको हकसम्बन्धी अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरिएको राष्ट्रिय सूचना आयोगले जनाएको छ... पुरा पढ्नुहोस

म्याग्दीलाई हिउँदे आलुमा आत्मनिर्भर बनाइने

बेनी(म्याग्दी), २४ पुस :  बेनी नगरपालिका– ४ सिंगा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलु खेती गरेका छन् । परम्परागत रुपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यसबर्ष हिउँदयाममा नगदे बालीका रुपमा आलु खेती गरेका छन् । गाउँका प्रत्येक घरले आलु खेती गरेका छन् । ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुुना खत्रीले... पुरा पढ्नुहोस

ढलान गरेको रड सडकमा यत्रतत्र भएपछि दुर्घटनाको जोखिम (तस्बिर)

म्याग्दी, २३ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानी स्थित गौथलीको उकालोमा ढलान गरेको सडक जिर्ण भएपछि दुर्घटनाको जोखिम भएको छ । तीन बर्ष अघि ढलान गरेको सडकमा अहिले ढलान गर्दा प्रयोग भएका रड बिच सडकमै यत्रतत्र भएका छन भने सवारी साधन र पैदलयात्रीहरुलाई समेत दुर्घटनाको जोखिम बढाएको छ । बिच... पुरा पढ्नुहोस