नेपाल नेत्र सहायक परिवार गण्डकीको नयाँ नेतृत्व चयन

  • १० फाल्गुन २०८१, शनिबार
  • 37 पटक पढिएको

नेपाल नेत्र सहायक परिवारको प्रथम गण्डकी प्रदेश सम्मेलन तथा अधिबेशन शनिवार सम्पन्न भएको छ। अधिवेशनबाट नेपाल नेत्र ज्योती संघ हिमालय आँखा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका पुर्व अध्यक्ष तथा बहाल वाला बाह्य कार्यक्रम संयोजक सुबास नेपालको अध्यक्षता मा १३ सदस्यीय कार्य समिती सर्वसम्मत निर्वाचित भएका छन् ।


नवनिर्वाचित कार्यसमितीको प्रथम बैठकबाट उपाध्यक्षमा शान्ति चौधरी, सचिवमा तेज बहादुर गुरुङ, कोषाध्यक्षमा दिप गुरुङ,सह–सचिवमा दिनेश बानियाँ,सह–कोषाध्यक्षमा बिनम लामिछाने चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा क्रमशः ढाकाराम शर्मा, सुमित्रा अधिकारि, दिपिका गुरुङ, पल्लवी सुल्पे, गोविन्द ढकाल, चन्दा पाण्डे, रुमिला नेपाली रहनुभएको छ ।
नेपाल नेत्र सहायक परिवार प्रथम गण्डकी प्रदेश सम्मेलन तथा अधिबेशन का संयोजक सुभास नेपाल को अध्यक्षता, गण्डकि प्रदेश सरकार का पुर्व सचिव तथा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक डा. बिनोद बिन्दु शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल नेत्र सहायक परिवार का केन्द्रिय अध्यक्ष रमेश घिमिरेको बिशिष्ट आतिथ्यता, नेपाल नेत्र सहायक परिवार का केन्द्रीय महासचिव रमेश प्रधान, नेपाल नेत्र सहायक परिवार कि केन्द्रिय सदस्य मन्जु आचार्य, नेपाल नेत्र ज्योती संघ हिमालय आँखा अस्पताल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष तथा नेपाल नेत्र ज्योती संघ हिमालय आँखा अस्पताल नेपाल नेत्र सहायक परिवार का अध्यक्ष गोबिन्दनाथ योगि, नेपाल नेत्र सहायक परिवार गण्डकी धौलागिरी का संथापक अध्यक्ष कृष्ण आचार्य , दृष्टि विशेषज्ञ भट्टराई को आतिथ्यता रहेको थियो ।

नेपाल नेत्र ज्योती संघ हिमालय आँखा अस्पताल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष गोबिन्दनाथ योगिको स्वागत रहेको कार्यक्रम को संचालन नेत्र सहायक श्री प्रसाद ढकालले गर्नुभएको थियो । अधिबेशनमा गण्डकी प्रदेश भित्रका नेपाल नेत्र ज्योती संघ हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग मा संचालित आँखा उपचार केन्द्रहरु,नेपाल नेत्र ज्योती संघ धौलागिरी आँखा अस्पताल बाग्लुङ ,पालिकाहरुद्वारा संचालित आँखा उपचार केन्द्रहरु, विभिन्न संघ संस्था, निजि अस्पताल तथा क्लिनिकहरु मा कार्यरत नेत्र सहायक हरुको उपस्तिथि रहेको थियो ।