गलेश्वर मावि तोरीपानीको ४४ औ वार्षिकोत्सव मनाइयो

  • १० फाल्गुन २०८१, शनिबार
  • 177 पटक पढिएको

 

तोरीपानी, ९ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माविले शुक्रबार ४४ औ वार्षिकोत्सव मनाएको छ । ­

कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिक्षण क्रियाकलापलाई प्रविधीमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । बेनी नगर कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं.–९ का अध्यक्ष चक्रबहादुर केसीले विद्यार्थीहरुलाई जिपिएको आधारमा मात्र मूल्याङ्कन नगरी संस्कार र सामाजिक मूल्य मान्यता पनि सिकाउन पर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख र बिबिष्ट अतिथिद्धयलाई तोरीपानीको स्थानीय उत्पादन टिमुर र भटमास कोसेली दिइएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जमुना श्रेष्ठको अध्यक्षता, सहायक प्रअ तेजबहादुर राईको सञ्चालन र विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेमबहादुर खत्रीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा बेनपा १० का वडा अध्यक्ष मसविर रोकाको पनि उपस्थिति थियो ।

कार्यक्रममा प्रअ गणेशबहादुर बानियाले शैक्षिक एवम् प्रगति र लेखापाल शितल पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वि.स. २०८० को एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी, शत प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल र उत्कृष्ट शिक्षक शिक्षिकालाई सम्मान गरिएको थियो । अतिरिक्त क्रियाकलापमा बिजयी र कक्षागत नतिजामा पहिलो, दोस्रो, तेस्रो हुने विद्यार्थी, चन्दादाता र पुर्व शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

प्राविधिक धारतर्फ सिभिल इन्जिनियरीङ विषय अध्ययन गरि लोकसेवा उतिर्ण भई निजामती सेवा प्रवेश गरेका पुर्व विद्यार्थी र कक्षा १२ उतिर्ण विद्यार्थी तथा सत प्रतिशत विद्यार्थी उतिर्ण गराउने विषयगत शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको थियो ।