ताजा अपडेट

दुखुखोलामा दशकपछि बन्यो पुल

  म्याग्दी, १५ भदाैँ । मङ्गला र मालिका गाउँपालिकाको सिमाना दुखुखोलामा करीब एक दशकपछि मोटर चल्ने पुल निर्माण भएको छ । बेनी–दरवाङ सडक अन्तर्गत दुखु खोलामा सो पुल निर्माण गर्न नौ वर्ष लागेको हो । गलत डिजाइन र व्यवसायीको ढिलासुस्तीका कारण पुल नबन्दा जोखिम लिएर खोला वारपार गर्नुपर्ने बाध्यता थियो... पुरा पढ्नुहोस

पुस्तकालय दिवसको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण

म्याग्दी १५ भदौ ।  १२ औँ पुस्तकालय दिवसको अवसरमा बेनीमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालय र बेनी सामुदायिक माध्यमिक विद्यालयका २÷२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रकाश माविका दिनेश विक र यसोदा... पुरा पढ्नुहोस

प्रगतिशिल सहकारीको साधारणसभा सम्पन्न

बेनी, १५ भदौ । मंगला गाउँपालिका– कुहुँमा रहेको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।संस्थाले गत आर्थिक वर्ष २०७५/७६ मा चार करोड ४४ लाख बीस हजार ४९२ रुपैयाँ बराबरको कारोबार गरेर साधारणसभामा जानकारी गराइएको थियो । संस्थाका कोषाध्यक्ष बिष्णुमाया पुनले दुई... पुरा पढ्नुहोस

बालबिवाह न्युनिकरण सम्बन्धी अन्तरक्रिया

  बेनी, १५ भदौ । बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार बालबिवाह न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पलान इन्टरनेशनलको आर्थिक सहयोग र अन्तर धार्मिक सञ्जाल म्याग्दीको आयोजना तथा सिविन नेपालको संयोजनमा कार्यक्रम भएको थियो । कार्यक्रममा बालबिवाहको कारण, असर र न्युनीकरणका उपायको विषयमा अन्तरक्रिया गरिएको थियो । सहभागीहरुले कतिपय... पुरा पढ्नुहोस

बेसाहारा वृद्धाको घर निर्माणका लागि सहयोग

  बेनी, १५ भदौ । लायन्स क्लव अफ बेनी पिस सिटीले बेसाहरा वृद्धालाई घर निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।बेनी नगरपालिका–१ रत्नेचौरकी हिरामती कामीको घर पुननिर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेको हो । क्लवका अध्यक्ष नरेश श्रेष्ठ लगायत पदाधीकारीहरुले शनिबार बेनीमा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा मार्फत वडा अध्यक्ष... पुरा पढ्नुहोस

छात्रा फुटबलको उपाधी माउन्टलाई

बेनी, १४ भदौ । न्यु दोभान युवा क्लबले आयोजना गरेको प्रथम अन्तर मावि नाइन ए साइड छात्रा फुटबल प्रतियोगिताको उपाधि बेनीको माउन्ट एभरेष्ट आवासीय माविले जितेको छ । क्लवका पूर्व अध्यक्ष स्वर्गीय अनन्त गिरीको स्मृतिमा आयोजित प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस दृतीय भएको छ । शनिबार बेनीको खुल्ला मञ्चमा भएको फाइनलमा... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषद्धारा १ सय २९ जना विरामीको उपचारमा सहयोग

  म्याग्दी, १४ भदौँ । ओमकुमारी शान्ति कोषले हालसम्म १ सय २९ जना विरामीको उपचारमा सहयोग गरेको छ । शनिबार बेनीमा भएको कोषको पाचाँै साधारण सभा तथा तेस्रो अधिवेशनमा १सय २९ जना विरामीहरुको लागि १ करोड ८९ लाख ८२ हजार ८४७ रुपैयाँ आर्थिक संकलन गर्दै उपचारमा सहयोग गरिएको जानकारी गराएका... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषको अध्यक्षमा पुनः राजेश शाक्य चयन (फोटो फिचर)

म्याग्दी १४ भदौ । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा पुनः राजेश शाक्य चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका शाक्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । अधिबेशनबाट प्रथम उपाध्यक्षमा हरिकृष्ण गौतम, द्धितिय उपाध्यक्षमा खम... पुरा पढ्नुहोस

ग्रामीण अर्थतन्त्र निचोर्दै बेनीका नीजि शिक्षालय

सागर भण्डारी बहस एक तथ्याङ्किक परिकल्पनाबाट सुरु गरौँ । बेनीबजार (वारी र पारी बेनी)मा ७ नीजि शिक्षालय छन् र यहाँ करिव बेनी बाहिरबाट आएका करिव ७ हजार विद्यार्थी अध्ययन गर्छन । प्रति विद्यार्थी मासिक विद्यालय शूल्क/भर्ना शुल्क/ स्टेशनरी तथा अन्य शूल्क गरेर औसतमा मासिक रु १५ सयको हिसाव गर्दा बार्षिक... पुरा पढ्नुहोस

सिर्पालीको “पहिलो नजरमा प्रेम “

त्यही दिन देखि हो जब तिमिलाई त्यो रमझममा अरु भन्दा भिन्न देखे त्यही दिन देखिनै हो मैले हजारौ भिडमा तिम्रै तस्बिर देख्न थालेको पनि लगभग दशक नै भएछ आस न हो जब तिम्रो तस्बिर मेरो क्यान्भासमा रंगहरु सङ्ग लत्पतिदै कोर्ने मेरो मन हो त्यति बेला नै सुर्यमा ग्रहण लागेर अन्धकार... पुरा पढ्नुहोस