स्थानीय सञ्चार माध्ययमको संकटतर्फ मिडिया सोसाईटीको ध्यानकर्षण

  • २ बैशाख २०७७, मंगलवार
  • 1970 पटक पढिएको

म्याग्दी २ वैशाख । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र न्युनिकरणको लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनको कारण संकटमा परेका जिल्लाका स्थानीय सञ्चार माध्ययमको संस्थागत विकास र सबलीकरणमा ध्यान दिन म्याग्दी मिडिया सोसाईटीले सम्बद्ध निकायको ध्यानकर्षण गराएको छ । सोसाईटीका अध्यक्ष कमल खत्रीद्धारा हस्ताक्षर गरि मंगलबार जारी अपिल पत्रमा कोरोना संकटको समयमा आम नागरिकलाई सूचनाको पहँुच पु¥याउन जिवनको समेत जोखिम मोलेर पेशागत जिम्मेवारी र दायित्वलाई बहन गर्ने यहाँ कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरु संगै सञ्चार माध्ययमले खेलेको भूमिका प्रति आभार प्रकट गरिएको छ ।


कोरोनाको यस संकटले सिंगो अर्थतन्त्रमा पारेको प्रभाबले सञ्चाार क्षेत्रलाई पनि स्वभाविक रुपमा प्रभावित पारेको भन्दै जिल्ला स्थित स्थानीय तह र यहाँका सरोकारवालाहरुले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धी सचेतनामूलक सन्देश र सूचना प्रकाशन÷प्रसारण गर्न तथा मिडिया परिचालन र सहकार्यलाई आबश्यक बजेट ब्यबस्थापन गर्न अनुरोध गरिएको छ । म्याग्दीमा साना लगानीमा सञ्चालित सञ्चारगृहहरु अधिकांशको सञ्चालन /ब्यबस्थापनको जिम्मेवारी यहाँका पत्रकारहरु र सञ्चारकर्मीहरुकै काँधमा रहेको अबस्थामा लकडाउनले सञ्चार माध्ययमहरुको नियमित विज्ञापन लगायतको स्रोत गुमेको कारण स्थानीय तहहरुले सञ्चार क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष खत्रीको भनाई छ ।

शूभकामना, श्रद्धाञ्जली र साना ब्यापार ब्यवसायका विज्ञापनहरुमा निर्भर यहाँका सञ्चार क्षेत्र यतिबेला निकै संकटपूर्ण अबस्थामा छन् । साथै संकटको यस सन्दर्भमा थप जिम्मेवार भएर आफ्नो पेशागत मर्यादालाई ख्याल गर्दै यस संकटलाई पार लगाउने गरि तथ्य, सत्य र वास्तविक सूचना तथा समाचार संप्रेषणमा निरन्तर क्रियाशिल हुन यहाँ रहेका सञ्चार माध्यम र पत्रकारहरुमा सोसाईटीले आग्रह गरेको छ । साथै आम नागरिकहरुमा सामाजिक सञ्जालका अपुष्ट र भ्रमपूर्ण सामग्रीको भ्रममा नपर्न तथा तीनिहरुलाई आम सञ्चार माध्यमको रुपमा नलिई सञ्चार माध्यमले प्रवाह गर्ने समाचार र आधिकारिक निकायको सूचनालाई मात्र विश्वास गर्नका लागि समेत अपिल गरिएको छ
कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थानमा सक्रिय चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी निकायहरुलाई पनि आभार व्यक्त गर्दै सोसाईटीले उच्च मनोवलका साथ आफ्नो जिम्मेवारी पुरा गर्न अनुरोध समेत गरेको छ ।

नागरिक समक्ष राज्यले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गरेका प्रयास सहित सचेतना अभिवृद्धि गराई वास्तविकताको उजागर गरी, भ्रम र अफवाहका कारण उत्पन्न हुने त्रास हटाउन म्याग्दीमा रहेका सञ्चार माध्यम, पत्रकार र सञ्चारकर्मीहरुले निरन्तर सूचना प्रवाह गरिरहेका छन् । छिमेकी जिल्ला बागलुङका २ जना सहित नेपालभर आजका मिति सम्म १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यस अबस्थामा जिल्लामा रहेका सञ्चार माध्ययममा कार्यरत पत्रकारहरुलाई समयमै पारिश्रमीक उपलब्ध गराउन तथा स्वास्थ्य सुरक्षालाई समेत बिशेष ध्यान दिन मिडिया सोसाईटी सम्पूर्ण सञ्चारगृहलाई अनुरोध गरेको छ भने नयाँ वर्ष २०७७ को अवसरमा कोरोनासंगको लडाई जित्न सबैलाई एकतावद्ध, संयमित र अनुशासित भएर अघि बढ्ने प्रेरणा मिलोस भन्ने शुभकामना समेत व्यक्त गरिएको छ