कोरोनालाई मध्यनजर गर्दै ‘गण्डकी हेल्थ’ मोवाइल एप सार्वजनिक

  • ४ बैशाख २०७७, बिहीबार
  • 2442 पटक पढिएको

म्याग्दी ४ चैत ।  विश्वब्यापी कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणमा सघाउने उदेश्यले गण्डकी प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालयले ‘गण्डकी हेल्थ’ नामक मोवाइल एप सार्वजनिक गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन र स्वास्थ्य सम्बन्धी आधारभुत सूचना तथा जानकारीहरु नागरिकको हातहातमा पु¥याउन मोवाइल एप निर्माण गरि सार्वजनिक गरिएको सामाजिक विकासमन्त्री नरदेवी पुनले बताउनुभयो ।

उहाँका अनुसार, मोवाइल एपमा स्वास्थ्य समस्या सम्बन्धित जानकारीको लागि ‘हेलो डाक्टर’ टोल फ्री जानकारी सेवा, प्रदेश अन्र्तगतको सबै जिल्लाका एम्बुलेन्स सेवा र तिनको सम्पर्क नम्बरहरुलाई एपमा समावेश गरिएको छ । त्यसैगरि सो एपमा कोरोना भाइरससंग सम्बन्धित विविध सूचना, जानकारी तथा क्रियाकलापहरुको सूचना समेत पाउन सकिन्छ । एपमा भाइरसको लक्षण र यसबाट बच्नको लागि अपनाउने उपायहरुलाई समेत समावेश गरिएका छन् । मोवाईलमा तलको लिंक क्लिक गरेर डाउनलोड गरेपछि नियमित रुपमा जानकारीहरु हातहातबाटै प्राप्त गर्न सकिन्छ ।

https://play.google.com/store/apps/details…