वामपन्थी प्रदीप नेपालको निधन
- २३ बैशाख २०८२, मंगलवार
- 3 पटक पढिएको
काठमाडौं २३ वैशाख । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उहा पार्किन्सन रोगबाट पीडित हुनुभएको थियो।
पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय रहनुभएका नेता नेपाललाई केहीदिन अघि अस्पताल भर्नागरिएको थियो । उपचारकै क्रममा केहीबेरअघि नर्भिक अस्पतालमा निधन हुनुभएका नेपालको आजै पशुपतिमा दाहसंस्कारको तयारी हुँदैछ । भतिजा महेश नेपालका अनुसार बेलुका ६ बजे विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्ने तयारी छ ।