ताजा अपडेट

म्याग्दीमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

म्याग्दी २९ वैशाख । म्याग्दीमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले  बुधवार सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा कोरोना संक्रमण र कोरोनाको कारण मृत्यु भएकाहरुको तथ्यांक अनुसार जिल्लामा ३० जना पुरुष र १० जना महिलामा थप कोरोना संक्रमण... पुरा पढ्नुहोस

निषेधाज्ञामा विकास निर्माण जारी, राेकिएनन् पूर्वाधार निर्माणकाे काम

म्याग्दी २९ वैशाख । नयाँ भेरियन्टसहित फैलिएको कोरोना भाइरसको दोस्रो लहरबाट नेपालका धेरै जिल्लामा निषेधाज्ञा भएको छ । शैक्षिक, यातायात तथा व्यापारिक क्षेत्र निषेधाज्ञाबाट पूर्ण प्रभावित भएका छन् । तीव्ररूपमा फैलिएको कोरोना रोकथामका लागि म्याग्दीमा आजदेखि जिल्लाभर निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गरेर बेनी... पुरा पढ्नुहोस

गलकोट नगरपालिकामा अक्सिजन सहितको ११ शय्याको आइसोलेशन निर्माण

थम्मन थापा बागलुङ २९ वैशाख । गलकोट नगरपालिका वडा नम्बर ५ मा ११ शय्याको अक्सिजनसहितको आइशोलेसन निर्माण गरिएको छ । गलकोट नगर अस्पतालमा कोरोनाको पहिलो चरणको स्थापना गरिएको कोभिड अस्पतालाई स्तरोन्नति गरि अक्सिजन बनाइएको हो । जहाँ पाँच शैया मात्रै थियो । नगरपालिकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै ११ शय्याको आइशोलेसन... पुरा पढ्नुहोस

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा दुईको मृत्यु

बागलुङ २९ वैशाख ।बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो । ट्याक्सी दुर्घटना हुँदा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन... पुरा पढ्नुहोस

ओडारमा मृत अबस्थामा फेला परेका देविस्थानका धजेन्द्रको हत्या भएको रहस्य खुल्यो

म्याग्दी २८ वैशाख । हराएको १२ दिनपछि ओडारमा शव फेला परेका म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका धजेन्द्र पुनको हत्या भएको रहस्य खुलेको छ । २०७८ वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्रको वैशाख २५ गते देबिस्थानको मार्चुला सामुदायिक बनको बराहथानस्थित ओडारमा ढुङ्गाले अठ्याएको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी... पुरा पढ्नुहोस

म्याग्दी जिल्लाका सबै स्थानीय तहमा निषेधाज्ञा

बेनी, २८ वैशाख । तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न म्याग्दीका सबै स्थानीय तहमा निषेधाज्ञा (लकडाउन) गरिएको छ । स्थानीय तहहरुको सिफारिसमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी र जिल्ला सुरक्षा समितिको निर्णयका समेतका आधारमा जिल्लामा रहेका एक नगरपालिका र पाँच गाउँपालिका सहित ६ वटै स्थानीय तहमा... पुरा पढ्नुहोस

बेनी बजारमा लोकपप गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

म्याग्दी २८ वैशाख । म्याग्देली कलाकार राजिन भण्डारीले लोकपप गीत ‘बेनी बजारमा’ लाई म्युजिक भिडियो सहित बजारमा ल्याएका छन् । युटुब च्यानल मार्फत सार्वजनिक गरिएको बेनी बजारमा बोलको गीतमा मायाँ र प्रेमको कथालाई समेटिएको छ । गीतमा म्याग्देली चर्चित मोडल रविना भण्डारी र सुधिर श्रेष्ठको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=mPCUFie5zhs... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा पनि निषेधाज्ञा

बेनी, २८ वैशाख । तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा लकडाउन (निषेधाज्ञा) हुने भएको छ । वैशाख २९ गते राति १२ बजेदेखि जेठ ८ गते राति १२ बजेसम्म लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) सिफारिस गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा निजी सवारीलाई एम्बुलेन्सको रुपमा परिचालन (भिडियाे )

म्याग्दी २८ वैशाख । बढ्दो कोरोना संक्रमणको कारण विरामीहरुलाई आवत जावतमा यातायातको असुविधा भैरहेको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्षले आफ्नो निजी सवारीलाई एम्बुलेन्सको रुपमा परिचालन गर्नुभएको छ । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले आफ्नो निजी स्कार्पियो जिप कोरोना महामारीको समयमा विरामी बोक्ने लगायतको स्वास्थ्य सेवाको लागि परिचालन गर्नुभएको हो । https://www.youtube.com/watch?v=aOtuHiZJR_k... पुरा पढ्नुहोस

बेनी अस्पतालमा उपचारत कोरोना संक्रमित पुरुषको मृत्यु

म्याग्दी २८ बैशाख । म्याग्दीको बेनी अस्पतालमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बेनी नगरपालिका ८ बस्ने ६० वर्षिय पुरूषको मंगलबार विहान अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । बेनीअस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालका अनुसार, कोरोना पोजेटिभ भएपछि होम आईशोलेसनमा बसेका... पुरा पढ्नुहोस