सन्तोष परियारको पहिलो गीत ‘ नरिसाउ है सानी’ म्युजिक भिडियो सहित सार्वजनिक

  • १५ जेष्ठ २०७८, शनिबार
  • 1283 पटक पढिएको

म्याग्दी १५ जेठ । म्याग्देली गायक सन्तोष परियारको पहिलो गीत ‘ नरिसाउ है सानी’ म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । मायाप्रेममा आधारित गीतमा गायक सन्तोष परियार र सिर्तना तामाङ मगरको स्वर रहेको छ । अमित विश्वकर्माले शब्द संकलन गर्नुभएको गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको छ ।

गीतको म्युजिक भिडियोमा सानू, माया मगर र प्रविन छिनाल लगायतको अभिनय रहेको छ । म्युजिक भिडियोमा किरण कार्कीको सम्पादान र राजकुमरा परियारको निर्देशन रहेको छ । युटुब मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम क्षेत्रमा छायांकन गरिएको हो ।

भिडियाे याे लिंकमा जानुहाेला 

https://www.youtube.com/watch?v=3oBX_1avmFU