कोरोना रोकथाम, नियन्त्रण र उपचारको लागि ३७ अर्ब ५३ करोड रुपैयाँ

  • १५ जेष्ठ २०७८, शनिबार
  • 1185 पटक पढिएको

जेठ १५ । सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आगामी आर्थिक वर्षमा ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये खोप व्यवस्थापनका लागि मात्र २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको छ । कोभिड महामारीको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवन रक्षा गर्न सरकार प्रतिवद्ध रहेको अर्थमन्त्री विष्णु पौडेलले बताए । स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सम्पूर्ण सामर्थ्य सहित उपलब्ध सबै सम्भावनाको उपयोग गर्न बजेट केन्द्रित रहेकोछ। कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र खोपको सुनिश्चितताका लागि बजेट अभाव हुन नदिइने उनको भनाइ छ ।


यस्तो छन् बजेटमा व्यवस्था

– सबै सरकारी प्रयोगशाला तथा अस्पतालमा कोभिड( ज्ञढ को निःशुल्क परीक्षण र उपचारको व्यवस्था । कोभिडबाट संक्रमित बिरामीको उपचारमा अक्सिजनको कमि हुन नदिन अक्सिजन प्लान्ट, सिलिन्डर र तरल अक्सिजन ढुवानी र भण्डारण गर्ने ट्याङ्क खरिद गर्न आवश्यक बजेट व्यवस्था । एक सय शैया भन्दा बढी क्षमताका सबै अस्पतालमा अनिवार्यरुपमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्नुपर्ने व्यवस्था ।

– अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार तथा मूल्य अभिवृद्धि कर पुरै छुट । सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको छण् प्रतिशत पुँजीगत अनुदान दिने व्यवस्था । कोभिड(ज्ञढ महामारी अवधिभर अक्सिजन उत्पादन गर्दा लाग्ने विद्युत महसुलमा छण् प्रतिशत छुट दिने व्यवस्था ।

– कोभिड(ज्ञढ का बिरामीको उपचारका लागि आवश्यक पर्ने आइसियू, एचडियू, भेन्टिलेटर, टेस्ट किट्स लगायतका आवश्यक उपकरण खरिद गर्न रु।द्ध अर्ब विनियोजन । कोभिड(ज्ञढ को उपचारमा प्रयोग हुने औषधीको आयातमा भन्सार महसुल छुट । उपचार सेवामा जनशक्तिको अभाव हुन नदिन सेवा निवृत्त तथा इन्टर्नसीपमा रहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई छण् प्रतिशत जोखिम भत्ता र तलव पाउने गरी एक वर्षको सेवा करारमा लिई अस्पतालमा खटाउने व्यवस्था ।

– कोभिड( ज्ञढ संक्रमण जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्थलगत सीमा नाका तथा विमानस्थलमा हेल्थ डेस्क सञ्‍चालन र होल्डिङ्ग सेन्टर स्थापना गरिनेछ । सबै स्थानीय तहमा क्वारिन्टिन निर्माण, कन्ट्याक्ट ट्रेसिङ्ग, आइसोलेशन सेन्टर स्थापना, जनशक्तिको व्यवस्था एवम् औषधी उपकरणको नियमित आपूर्ति गर्न आवश्यक रकम विनियोजन । अस्पतालमा शैयाको अभावमा स्वास्थ्य उपचार नपाउने अवस्था सिर्जना हुन दिइने छैन।

– कोभिड( ज्ञढ बाट संक्रमित भई घरमा रहेका बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारको लागि घुम्ती सेवा, कल सेन्टर सञ्‍चालन, मनोसामाजिक परामर्श, आपतकालिन उपचार र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलव्ध गराउने व्यवस्था ।

– सबै नेपालीलाई कोभिड( ज्ञढ विरुद्ध निःशुल्क खोप । खोप लगाउन बाँकी सवै उमेर समुहका नेपालीलाई शिघ्रतिशीघ्र खोप सुनिश्‍चित गर्न सम्पूर्ण स्रोत र सामर्थ्यको उच्चतम प्रयोग गर्दै उत्पादक देश तथा कम्पनीबाट खोप प्राप्त गरी खोप अभियानलाई पूर्णता दिइनेछ। खोप व्यवस्थापनका लागि रु। द्दट अर्ब ठछ करोड छुट्याएको ।

– कोभिड( ज्ञढ बाट संक्रमित बिरामीको लागि सबै प्रकारका अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलव्ध गराउन सेन्ट्रल कमाण्डको अवधारणा कार्यान्वयनमा ल्याइनेछ। विशेषज्ञ चिकित्सक, अक्सिजन तथा भेन्टिलेटर, आइसियू, एचडियू र शैयाको उपलव्धताको विवरण नियमितरुपमा सार्वजनिक जानकारी गराउने व्यवस्था ।

– कोभिड( ज्ञढ को उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारी, सफाइकर्मी र कोभिड रोकथाममा प्रत्यक्ष रुपमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन स्वरुप प्रदान गरिने जोखिम भत्ता लगायतका अन्य सुविधा संक्रमण जोखिम कायम रहेको अवधिसम्मको लागि निरन्तरता दिएको छु।