ताजा अपडेट
पत्रकार महासंघ मुस्ताङमा उम्मेदवारी दर्ता संम्पन्न
- 4 बर्ष, 3 महिना अगाडि
- २२ चैत्र २०७७, आईतवार
मुस्ताङ,२२ चैत । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ मुस्ताङ शाखामा उम्मेदवारी दर्ता प्रक्रिया संम्पन्न भएको छ । जिल्ला निर्वाचन समिति मुस्ताङले पत्रकारहरुको महासंघ मुस्ताङ शाखामा सौहार्दपूर्ण वातावरणमा उम्मेदवारी दर्ता प्रक्रिया संम्पन्न भई साँझ ६ बजे नामावली प्रकाशन गरिएको जनाईएको छ । पत्रकार महासंघ मुस्ताङ अन्र्तगत निर्वाचन संयोजक भीमबहादुर रसाईली... पुरा पढ्नुहोस
पत्रकार महासंघ म्याग्दी शाखाको नेतृत्वमा दुई समुहको उम्मेद्वारी दर्ता
- 4 बर्ष, 3 महिना अगाडि
- २२ चैत्र २०७७, आईतवार
म्याग्दी, २२ चैत । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको नेतृत्वमा दुई समुहको उम्मेद्वारी दर्ता भएको छ । पत्रकार महासंघ म्याग्दीको नयाँ नेतृत्व चयनका लागि आसन्न चैत २५ गते हुने चुनावका लागि आईतबार दुई समुहले उम्मेद्वारी दर्ता गराएका हुन् । छैटौँ अधिबेशनबाट नयाँ नेतृत्व चयनका लागि जिल्ला समन्वय समितिको कार्यालयमा रहेको... पुरा पढ्नुहोस
मंगोल नेशनल अर्गनाइजेसन म्याग्दीको अध्यक्षमा डेकबहादुर पुन चयन
- 4 बर्ष, 3 महिना अगाडि
- २१ चैत्र २०७७, शनिबार
बेनी, २१ चैत । मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीको दोस्रो जिल्ला सभा शनिबार बेनीमा सम्पन्न भएको छ । सभाले डेकबहादुर पुन (डिके)को अध्यक्षतामा २७ सदस्यीय अर्गनाइजेशनको जिल्ला कार्यसमिति गठन गरेको छ । सभाको सचिवमा खमबहादुर रोका (सुनिल), कोषाध्यक्षमा दिपक पुन, सहसचिवमा एलिना शेरपुञ्जा र प्रचारप्रसार सचिवमा देवबहादुर घर्तिमगर चयन हुनुभएको छ... पुरा पढ्नुहोस
कुमारी बैंकद्वारा गलेश्वरमा वृक्षारोपण
- 4 बर्ष, 3 महिना अगाडि
- २१ चैत्र २०७७, शनिबार
म्याग्दी, २१ चैत । कुमारी बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका– ९ गलेश्वर परिसरमा वृक्षारोपण गरेको छ । बैंकको २० औं वार्षिकोत्सवको अवसरमा बेनी नगरपालिका ९ स्थित गलेश्वर बजार क्षेत्र, मन्दिर र शसस्त्र प्रहरी गणको परिसरमा बृक्षारोपण गरिएको थियो । शनिबार भएको कार्यक्रममा कुमारी बैंकका शाखा प्रवन्धक मिलन श्रेष्ठसहित कर्मचारी,... पुरा पढ्नुहोस
किसानलाई कृषि औजारमा अनुदान
- 4 बर्ष, 3 महिना अगाडि
- २१ चैत्र २०७७, शनिबार
म्याग्दी, २१ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री र औजार उपलब्ध गराएको छ । कृषिमा यान्त्रिकीकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन सामग्री र औजार खरिदमा अनुदान उपलब्ध गराइएको हो । २६१ जना किसानलाई प्लास्टिक टनेल, ७८ जनालाई स्प्रे, ७४ जनालाई सिकेचर, २९... पुरा पढ्नुहोस
म्याग्दी कोरला कपको उपाधी पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङलाई
- 4 बर्ष, 3 महिना अगाडि
- २१ चैत्र २०७७, शनिबार
म्याग्दी २१ चैत । म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हजारौ दर्शकविच भएको फाईनलमा बेनी नगरपालिकाकाे ९ घतानले वडानम्वर ५ पुँलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालिकाको... पुरा पढ्नुहोस
नगरस्तरीय पोषण सम्वन्धी अभिमुखीकरण
- 4 बर्ष, 3 महिना अगाडि
- २१ चैत्र २०७७, शनिबार
म्याग्दी, २१ चैत । बेनिमा शनिबार बहुक्षेत्रीय पोषण योजना सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका र बहुक्षेत्रीय पोषण कार्यक्रमको आयोजनामा पोषण, स्वास्थ्य, सरसफाईको अवस्था सुधारका लागि योजना बनाउन सरोकारवालाहरुबीच छलफल भएको हो । नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र स्वास्थ्यसंग... पुरा पढ्नुहोस
मंगोल नेशनल अर्गनाईजेशनको दोस्रो जिल्ला अधिबेशन सुरु (फोटोफिचर )
- 4 बर्ष, 3 महिना अगाडि
- २१ चैत्र २०७७, शनिबार
म्याग्दी, २१ चैत । मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको दोस्रो जिल्ला अधिबेशन बेनीमा सुरु भएको छ । मंगोलको दोस्रो जिल्ला अधिवेशन पुर्व बाजागाँजासहित बेनी बजारमा बृहत ¥याली प्रर्दशन गरिएको छ । अधिबेशनको कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा हुने आयोजकले जनाएको छ । पुरा पढ्नुहोस
बेग र बादुकको भूमे पुजामा साँस्कृतिक चिनारी (तस्बिर र भिडियाे सहित)
- 4 बर्ष, 3 महिना अगाडि
- २० चैत्र २०७७, शुक्रबार
https://www.youtube.com/watch?v=ElbtBVeb0Hc म्याग्दी, २० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– १ बेग र बादुकमा भूमे पुजाको अवसरमा आफ्नो मौलिक कलासस्कृति प्रर्दशन गरिएको छ । स्थानीयले परम्परागत भूमे, मण्डली, मनीसिद्ध, मनीभारा लगायतको देउतालाई पुजा गर्दै मौलिक कलासस्कृति देखाएका हुन् । पुर्खा देखिनै मगर समुदायले रागो, बोकाँ र कुखुराको बली दिदै भुमेलाई... पुरा पढ्नुहोस
मिक्चरमा बेरिएर म्याग्दीका युवाको मुस्ताङमा मृत्यु
- 4 बर्ष, 3 महिना अगाडि
- २० चैत्र २०७७, शुक्रबार
मुस्ताङ २० चैत । राष्ट्रिय गौरवको बेनी–जोमसोम –कोरला सडकअन्तरगत बेनी–जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको शुक्रबार मिक्चरमा बेरिएर मृत्यु भएको छ । सडक खण्डको घरपझोङ गापा –३ स्याङमा म्याग्दीको मंगला गाउँपालिका–४ का २० बर्षिय लालबहादुर रोकाको मिक्चरमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिनुभयो... पुरा पढ्नुहोस