ताजा अपडेट

डाक्टर सुराग खड्काले युकेबाट पठाए डेढ लाख बराबरको स्वास्थ्य समाग्री

म्याग्दी २७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार स्वास्थ्य चौकीलाई रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिउको छ । स्थानीयबासी पदम खड्का र चन्द्रकला खड्काका नाती सुराग खड्का (बिपिन)ले रु १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो । युकेमा चिकित्सक पेशामा आबद्ध रहनुभएका डाक्टर... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकालाई ४ थान अक्सिजन कन्सेन्ट्रेटर सहित करिब साढे चार लाख बराबरको सहयोग

म्याग्दी २७ जेठ ।  म्याग्दीको रघुगंगा गाउँपालिकालाई ४ थान अक्सिजन कन्सेन्ट्रेटर सहित करिब साढे चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । गाउँपालिकाको अस्थायी कोरोना अस्पतालमा आयोजित कार्यक्रममा ४ थान अक्सिजन कन्सेन्ट्रेटर,१ सय पीपीई सेट, माक्स र ग्राउन सहितको साम्रागी ओमप्रसाद शर्माले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत... पुरा पढ्नुहोस

मुख्यमन्त्री गुरूङले पाएनन् विश्वासकाे मत, ढल्यो गण्डकीमा एमालेको सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ। नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएको हो। आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्री... पुरा पढ्नुहोस

विहिबार २२ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २७ जेठ । म्याग्दीमा विहिबार २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पिसिआर विधिबाट ४ जना र एन्टीजेन विधिबाट १८ जना गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पिसिआर विधिबाट बेनी नगरपालिकामा ३ जना र धौलागिरी गाउँपालिकामा १ जना संक्रमित पुष्टि भएको छ। त्यस्तै एन्टीजेन विधिबाट गरिएको... पुरा पढ्नुहोस

निषेधाज्ञामा बेनी-जोमसोम सडक धमाधम कालोपत्रे

एक.के . आस्था थकाली मुस्ताङ २७ जेठ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनीरजोमसोम ७६ किमी सडकखण्डमा कोरोना माहामारीकाबीचमा धमाधम कालोपत्रे बिच्छ्याउने काम भइराखेको छ। तिब्बतसँग सीमाना जोडिएको बहुचर्चित उत्तरी कोरोनाना हुँदै दीर्घकालीन व्यापारिक तथा पारवाहन मार्ग विस्तार गर्ने लक्ष्य अनुरुप सरकारले झन्डै ६ अर्ब लागतमा २०७४... पुरा पढ्नुहोस

कानुन विपरित बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र टिप्पर प्रहरी नियन्त्रणमा 

म्याग्दी, २७ जेठ ।  बेनी नगरपालिका–६ चुत्रेनी–बगुवाखोला स्थित म्याग्दी नदीको बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र टिप्परलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा १ क ६४०३ नम्बरको स्काभेटर, ध १ त ५८२, ग १ त ५४४८ र ध १ त ५३२८ नम्बरका तीन वटा टिप्पर... पुरा पढ्नुहोस

भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष फगामी नेकपा माओवादी केन्द्रमै

  म्याग्दी, २७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओम फगामी नेकपा माओवादी केन्द्रमा क्रियाशिल हुने बताएका छन् । तत्कालीन नेकपामा बिवाद देखिएपछि तटस्थ रहदै आएका फगामीले निर्वाचित पार्टीकै सदस्यता नबिकरण गरेर राजनीतिमा सक्रीय हुने निर्णय गरेका हुन् । “केन्द्रिय राजनीतिका कारण तटस्थ रहेपनि अब निर्वाचित पार्टीमै क्रियाशिल... पुरा पढ्नुहोस

बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

म्याग्दी २६ जेठ । बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । नेपाल मेडिकल एसोसेशनले वुधबार बेनी अस्पताललाई ४ वटा अक्जिसन कन्सन्ट्रेटर सहयोग गरेको हो । एसोसेशनको सहयोगमा आएकोे कन्सन्ट्रेटर मेसिन नेपाली काँग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा (खम्बीर) र नेविसंघका नेता प्रताप पौडेलले बेनी अस्पतालका अध्यक्ष बेलबहादुर... पुरा पढ्नुहोस

म्याग्दीका पाँच गाउँपालिकालाई करिव ८ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

  म्याग्दी, २६ जेठ । म्याग्दीका पाँच गाउँपालिकामा कोरोना रोकथाम, नियन्त्रण र संक्रमितको उपचारका लागि तीनचुली नेपालले करिब रु ८ लाख बराबरको सहयोग गरेको छ । नेपाल कम्युनिष्ट पाटी एमाले म्याग्दीका सचिव बालकृष्ष्ण सुवेदीको  पहलमा र नेकपा एमालेका केन्द्रीय सदस्य पर्वत निवासी बिजय गुरुङको समन्वयमा तीनचुली नेपालका अध्यक्ष ज्वालन गुरुङले... पुरा पढ्नुहोस

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाउ आदेश

काठमाण्डाै २६ जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गर्दै सर्वोच्च अदालतले विपक्षीलाई असार ८ गतेसम्म लिखित जवाफ पेश गर्न म्याद दिएको छ । विघटनविरुद्धको मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ हुने भएको छ । काँग्रेस सभापति शेरबहादुर देवासहितका सांसदको रिटमा प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले... पुरा पढ्नुहोस