पर्यटन विकासको सम्भावनायुक्त नारच्याङ (फोटो कथा)
- १४ श्रावण २०७८, बिहीबार
- 1959 पटक पढिएको
म्याग्दी १४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ । विश्वको दशाँै र नेपालको नवौँ (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर रहेको नारच्याङ पर्यटन विकासको हिसाबले सम्भावनायुक्त छ । यहाँ रहेका ताल तलैया, झरना र हिमाल पर्यटन विकासका सम्भाबनाका आधार हुन् ।
संसारमा सबै भन्दा पहिले मानव पाइला परेको आठ हजार मिटर भन्दा अग्लो अन्नपूर्ण प्रथम र निलगिरी हिमाल हिमाल, आधार शिविर र पञ्चकुण्ड नारच्याङ ताल अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ को भुगोलमा पर्छ ।
विश्वको दशाँै र नेपालको नवौँ (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमालको प्रथम पटक आरोहण गर्ने फ्रान्सका मौरिस हार्गोजको नाममा नारच्याङ देखि आधार शिविर जोड्ने पदमार्ग नामाकरण गरेर पुर्बाधार निर्माण भइरहेको छ । बेशी गाउँको पृष्ठभुमिमा रहेको छहराखोला र मौरिज हर्गोज पदमार्गमा पर्ने फुतफुते झरना प्रशस्त पर्यटकीय सम्भावना बोकेका ठाउँ हुन् । बेशी गाउँ देखि नारच्याङ झरना र लेकगाउँको भ्यु प्वाइन्ट जाने पदमार्ग निर्माण भएको छ ।
अन्नपूर्ण गाउँपालिकाले बि.स. २०७६ माघमा नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको थियो । यस वडामा ३ वटा जलविद्युत आयोजना निर्माण सम्पन्न भएका छन भने ७ वटा जलविद्यूत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । ड्रोन तस्बिर : कृष्णराज पौडेल