नेताहरुको सम्पती छानविन गरौँ, कालोधनलाई राष्ट्रियकरण गरौँ

  • १४ श्रावण २०७८, बिहीबार
  • 1171 पटक पढिएको

रमेश गुरुङ (बिप्लप) –
सम्पूर्ण युवाहरुमा मेरो हार्दिक नमन !
म केही काम बिशेषले काठमाण्डु आयको छु । मेसेन्जरमा एकछिन कुरा भय पछि मेरि बैनिले सोधिन ‘दाइ अब के गर्ने सोच्नु भाछ ? देशको हालत यस्तो छ अब आन्दोलन गर्नु पर्छ होला बुने । पहिरो सङ्ग आन्दोलन गरौँन दाइ गाऊँमा घर हरु भत्कन थालेछन । उनले हाँसेको इमोजि पनि पठाइन तर उनको मन खुसी थियन ।

अनि जवाफमा मैले धत लाटी पहिरो सङ्ग आन्दोलन त हिउदमा गर्नु पर्छ नि ! सहि योजना बनायर राम्रो काम अबको हिउँदमा गरौँला अहिले त सतर्क भयर बस्ने मात्र न हो । एकैछिन अरु बिषयमा कुरा भय पछि बैनी सुतिन होला सयद । तर मलाइ निन्द्रा लागेन । देशको यो हालत छ हामी के गरिरहेका छौँ ? धेरै बेरको चिन्तन पछि मलाइ युवाहरुलाइ केही अनुरोध गर्न मन लाग्यो र यो पत्र लेख्न सुरु गरेँ ।

यति बेला माधब नेपाल पक्षका युवासाथी हरु माधव को रक्षा को निम्ति अन्य युवाको हात खुट्टा भाँच्ने तयारिमा छन । काँग्रेसीहरु कोइ सत्ता प्राप्तिको खुसी मनाउँदै छन त कोहि आ–आफ्नै युवा नेता हरु देउवा र रामचन्द्र पौडेललाई महाधिबेशन जिताउनको लागि गाउँ पस्दै छ्न । भने म आबद्ध (नेकपा एमाले) दलका साथी हरु नेताहरुको बाँदरे प्रबृती बिरुद्ध आफै बाँदरे भेसमा जुलुस निकाल्दै छन ।

यी आ आफ्नै कामको लागि कति युवाका बाइकमा तेल भरिय कतिले गाउँका भट्टी र सदरमुकामका होटेलमा नन्भेज पार्टी गर्दै छन । अनि युवा हरुलाइ त्याग र बलिदानिको लागि उक्साउदै छन । यो पत्र सम्पादन भएर प्रकाशन हुँदा सम्म यिनिहरुले सायद आ–आफ्ना काम फत्ते गरि सक्लान । यो पत्र उनिहरुले पढ्ने फुर्सदै पाउँदैनन् । यदि फुर्सद निकालेर पढी हालेछन भने पनि मलाइ गाली गर्ने पक्का छ । तैपनी एक पटक पढेर मनन् गरिदिनु हुन अनुरोध गर्दछु ।

हामी संधै सुन्दै र बोल्दै आइरहेका छौँ । देश बिकास हुन सकेन । नेता नै गतिलो भएनन् नेताले देश बिगारे । तर हामिले कहिल्यै सोच्यौँ कि हामिले नेतृत्व गर्नु पर्छ भनेर? खैर हामी नेतृत्व गर्न असक्षम छौँ तर राम्रो ब्यक्तिलाइ नेतृत्व मा पुर्याउन सहयोग गर्यौ ? कि आफ्ना खुरापाती नेता भनौदाको पछि लाग्यौँ? एक पटक राजनीतिलाइ हेरौँ राजनीतिमा युवा त्यो पनि इमानदार र सक्षम नेतृत्व पुग्न नसक्नु को एउटा कारण हो ।

यहाँका भ्रष्ट द्लाल हरु ठुलठुला पँुजिपति हरुले उक्त ठाउँ ओगटेका छन । जो ब्यक्ती उत्पादन मुलक उद्योग चलाउनु पथ्र्यो उसले दलको नेतृत्व गर्ने नेता हरुलाइ घेरेर बसिरहेको छ । जुन पँुजि उद्योगमा लगानी गरेर युवालाइ रोजगार, स्वदेशी उत्पादन गरेर देश समृद्ध बनाउन मदत गर्नु पर्ने हो उहीँ पँुजि राजनीतिक दलमा लगानी गरेर युवालाइ टायर बाल्न लगायर देशमा अशान्ती फैलाइरहेको छ ।

हामी मध्य कैलाई ओलि मन पर्छ कसैलाइ देउवा अनि कसैलाइ प्रचण्ड पनि मन पर्ने रहेछ । भने अर्को जमातलाइ बैकल्पिक शक्तीको आवस्यकता महसुस भाछ अनि कसैलाइ राजा चाहियको छ । जस्ले जे भने पनि हामी लोकतन्त्र त्याग्न सक्दैनौँ र लोकतन्त्रमा राजनीतिक दल नै चाहिन्छ । तर हामी कहाँ उपलब्ध राजनीतिक दल उ बेलाका सबै सहि हुन तर अहिले कुनै पनि काम लाग्ने खालका छैनन । फेरि यिनको बिकल्प पाउन पनि निकै गाह्रो छ यस्को एउटै उपाय हो यिनै दललाइ सुधार्ने । दललाइ सुधार्न हामी तयार छौँ? त्यसो हो भने निम्न काम गरौँ ।

हामी ब्यक्तिगत स्वार्थको निम्ती मेरा लागी यती भ्रष्टाचार गरिदेउन भनेर नेताको घरदैलो धाउन छाडिदीऔँ, भ्रष्ट भनिएका अनि नेता मानिएका हरुले दिएको मासु लुछ्न छाडौँ, जब सम्म हामी उनी हरुले दिएको मासु लुछीरहनछौँ तब सम्म उनीहरु देश यसरी नै लुछिरहने छन । मलाइ समर्थन गर भाइ म तीमिलाइ यस्तो उस्तो दिन्छु भनेर आर्थिक प्रलोभन देखाउनेलाइ सोधौँ तपाइको आय श्रोत के हो? भनेर । उनी हरुले हालिदिएको पेट्रोल ले बाइक चढेर सडक जाम गर्न बन्द गरौँ । हाम्रा दल अनि नेता हरु कति अपार्दर्सी छन? जस्को जिन्दगीमा एक पैसा आम्दानिको काम छैन ।

उसैको जीवन यस्तो वैभवशाली कसरि भयो? यदि देश बनाउने भय दल सुधार्नु पर्छ दल सुधार्नलाइ दलका नेता। अब यिनी हरुलाइ पारदर्सी र जवाफदेहि बनाउने जिम्मा हाम्रो हो। यहाँ हरुलाइ म यहि अनुरोध गर्दछु कि प्रतिस्प्रधा गर्ने हो भने आफुले आफ्ना नेता हरुको सम्पत्ती छानबिन गरेर देखाउन अनि बहस गरौला वाद र बिचारको । अझै यो पनि गर्न सकिन्छ हरेक दलमा भयका सु संस्कृत राजनीति चाहने युवाहरु मिलेर समान अस्तित्वको मोर्चा गठन गरौँ र सबै दल र दलको आर्थिक पारदर्सिता जाँच गरौँ र सबैको कालोधन राष्ट्रियकरण गरौँ । हरेक दलमा कार्यकर्ता भित्र्याउन अघि मापदण्ड बनाईयोस । दक्षता र दक्षताका आधारमा निश्चित योग्यक्षतको जाँच गरेर जिम्मेवारी दिने संस्कार थालनी गरियोस ।
लेखकको नीजि विचारमा सुझाब टिप्पणी भए  biplax4444@gmail.com मेलमा राख्न सक्नुहुनेछ ।

लेखक राष्ट्रिय युवा संघ, नेपाल रघुगंगा गाउँ कमिटीका अध्यक्ष हुन् ।