एनआरएनए नेदरल्यान्डको अध्यक्षमा म्याग्दीका मिम पुर्जा निर्वाचित

  • १७ श्रावण २०७८, आईतवार
  • 1099 पटक पढिएको

म्याग्दी १७ साउन । गैरआबासिय नेपाली संघ नेदरल्यान्ड्सको अध्यक्षमा म्याग्दीका मिम पुर्जा निर्बाचित भएका छन । शनिबार भएको निर्वाचनमा २४२ मत लयएर पुर्जा अध्यक्षमा निर्वाचित हुनुभएको हो । म्याग्दीको मंगला गाउँपालिकाको बरंजा घर हुनुभएका पुजा यस अघि एनआरएनए नेदरल्यान्डमा बरिष्ठ उपाध्यक्षलगायत पदमा बसेर आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् ।

पुर्जा म्याग्दी प्रवासी नेपाली संघ (मोना) आईसिसिका पनि बरिष्ठ उपाध्यक्ष हुन । उनको निकटतम प्रतिद्वन्दी राम चन्द्र क्षत्री पदमल १८९मत प्राप्त गरेका थिए । एनआरएनए नेदरल्यान्डको बरिष्ठ उपाध्यक्षमा बिष्णु पौडेल, उपाध्यक्षमा खेमलाल सापकोटा र अमीर गुरुङ , महिला उपाध्यक्षमा सीता सापकोटा ,महासचिबमा सीता क्षत्री, सचिबमा पेमा लामा र चन्दा खड्का, कोषाध्यक्षमा शुशिला बानिया , सहकोषाध्यक्ष रेखा घिमेरे , महिला संयोजकमा जमुना खड्का र युवा संयोजकमा निरज गुरुङ निर्बाचित भएका छन ।

यसैगरी सदस्यहरुमा बिबेक बास्तोला, ज्ञानेन्द्र आले, दिनेश अर्याल, राम रेग्मी , क्षेत्रीय संयोजकमा सञ्जय श्रेष्ठ, सुबाश पराजुली, सुर्य श्रेष्ठ निर्बाचित भएका छन । महाधिबेसनबाट आईसीसी सदस्यमा टिकाराम सापकोटा निर्बाचित भएका छन ।