धाइरिङमा माओवादीको वडा कमिटी पुर्नगठन

  • ३० श्रावण २०७८, शनिबार
  • 893 पटक पढिएको

 

पर्वत, ३० साउन । जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको वडा कमिटी पुर्नगठन भएको छ ।

बाँसबोटमा भएको वडा कमिटीको बिस्तारित भेलाले हरिप्रसाद आचार्य अध्यक्ष र सन्तोष परियार सचिब रहेको २९ सदस्यीय कमिटी पुर्नगठन गरेको हो । माओवादी केन्द्रका गाउँपालिका कमिटी अध्यक्ष दिपक आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलामा करिब डेढ सय जनाको उपस्थिति थियो ।

‘जनताको सुख दिखमा साथ दिने पार्टी माओवादी केन्द्रनै हो,’ आचार्यले भन्नुभयो ‘माओवादीको नेतृत्वमा धाइरीङमा अरुले सय वर्षमा गर्न नसकेको बिकास निर्माणको काम भएको छ ।’

जिल्ला कमिटी सचिवालय सदस्य दुर्गा दर्जी, जिल्ला सदस्य तथा वडा अध्यक्ष टुंगनाथ शर्मा लगायतले धाइरीङका पहिरो पिडितको स्थायी बसोबासका लागि एकिकृत बस्ती निर्माण गर्न प्रक्रिया अघि बढाएको बताउनुभयो ।